Aamsanchar

नियमित पत्रकार सम्मेलनमार्फत सरकारले भन्यो : नेपाली चिया भारत निर्यातमा देखिएको अवरोध हट्यो

Author Image
शुक्रवार, जेठ ८, २०८३

काठमाडौँ – सरकारले नेपाली चिया भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ।

परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको बताए।

‘नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भयो’ उनले भने।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर