केही दिन यता अभिनेता पल शाहले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका चलचित्र प्राविधिकहरूलाई आफैंले भेटेर उनले पाँच लाखबराबरको राहत सामाग्री हस्तान्तरण गरेका थिए ।
कोरोना सङ्क्रमणको जोखिमका कारण भएको लकडाउनले जनजीवन निकै प्रभावित भइरहेको बेला पलले फेरि पनि सहयोगको हात अघि बढाएका छन् । सोमबार साँखुमा रहेको एक आश्रममा पुगेर पलले सहयोग गरेका छन् । समाजसेवी विमल पन्तको समूहसँग मिलेर आश्रममा पुगेका पलले त्यहाँ रहेका असहायहरूलाई खाना खुवाएका हुन् ।
आश्रममा रहेका ५५ जना द्वन्द्वपीडित तथा अपाङ्ग असहायहरूलाई उनीहरूले खाना खुवाएका थिए ।
आश्रममा दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरू छन् । पल र समूहले खाना खुवाउनुका साथै केही खाद्यान्न पनि सहयोग गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 301