Aamsanchar

‘यौन शिक्षा’ जीवन नै तनाव पारिदिने पुरुषमा देखिने रोग

Author Image
बिहिवार, वैशाख ११, २०७७

आज पनि सेक्स र सेक्स जीवनसँग जोडिएका समस्याका बारेमा कुरा गर्न मानिसहरू हिच्किचाउने गर्छन् । तर केही मानिसहरू यौन जीवनबारे खुलेर कुराकानी समेत गर्छन् । पेरोनिज ( Pevronie Disease) एक यस्तो बिमारी हो, जसबारे धेरै कम मानिसलाई मात्रै जानकारी हुन्छ र यसले तपाईंको यौन जीवन पूर्ण रूपमा बर्बाद गरिदिन्छ ।

पेरोनिज राेग लागेकाे पुरूषको गोप्य अंगका केही भाग केही अलग रूपमा विकास हुन जान्छ । यस राेगमा यौन सम्बन्धका क्रममा पुरूषको गोप्य अंग उत्तेजनामा आउँदा केही पटक दुखेको अनुभव पनि हुने गर्छ ।

‍स्टिफन जोन्सले एक बेलायती पत्रिकामा आफ्नो अनुभव सेयर गरेका छन् । पेरोनिज राेगबाट पीडित स्टिफेन जोन्सलाई त्यसबेला अनौठो महसुस भयो, जतिबेला उनले स्कार टिस्यू (चोटबाट बनेको निशान) देखे । ४९ वर्षीय स्टिफन भन्छन्, ‘मलाई यस्तो लाग्थ्यो कि मेरो छाला कतै ठोक्किन पुग्यो र घाउ भयो । मलाई केही दिनपछि मेरो गुप्तांगमा पनि दुख्न थाल्यो र त्यहाँ पनि त्यस्तै निशान बन्यो ।

‍’मैले पनि त्यही गरें, जो अपरिपक्व उमेरका मानिसहरूले गर्छन् । मैले अनलाइनमा आफ्ना लक्षणको जाँच गर्न सुरू गरें । अनुसन्धानपछि मलाई थाहा हुँदै गयो कि यो लक्षण यस्तो बिरामीतिर लक्षित थियो, जो हरेक १० मध्ये एक पुरूषमा हुन्छ,’ पेनोरिज ।

‍पेनोरिज यस्तो रोग हो, जसबाट गुप्तांगमा केही घाउबाट बनेको निशान या बेन्डिङका कारण सेक्स गर्नु असम्भवजस्तै हुन्छ । यौन सम्बन्धका क्रममा लिंगको आकार टेढो वा अचम्मको हुन सक्छ । कुनै एक भागमा कुनै विकासका कारण अर्कोतिर मोडिन सक्छ र ९० डिग्री या त्योभन्दा बढी एंगलमा पनि मोडिन सक्छ ।

‍यो राेगको नाम १८औं शताब्दीमा फ्रेन्च सर्जन (  François Gigot de la Peyronie )को नामबाट राखिएको हो । जसले यसबारे सबैभन्दा पहिले अध्ययन गरेका थिए । यो राेगले ४० वर्ष या त्योभन्दा बढी उमेरकालाई बढी पीडित बनाउन सक्छ । तर युवामा पनि यो राेग हुन्न भन्नेचाँहि होइन ।

‍यो राेगको कुनै स्पष्ट कारण हुँदैन, तर डाक्टरका अनुसार चोट, खेल या आक्रामक यौन सम्बन्ध यसको जिम्मेवार कारक हुन सक्छ । केही पुरूषमा त यो वंशाणुगत पनि हुनसक्छ भने केही अध्ययनमा यसलाई टेस्टोस्टेरोनको मात्रा कम भएर हुन सक्ने पनि भनिएको छ ।

‍डाक्टरका अनुसार पछिल्ला केही वर्षमा यस्ता बिरामीको संख्यामा वृद्धि भएको छ । लण्डनमा एन्ड्रोलोजिस्ट र कन्सलटेन्ट युरोलोजिकल आसिफ मुनीर भन्छन्, ‘अब पुरूष पहिलेको तुलनामा सहयोग माग्न बढी सहज महसुस गर्न थालेका छन् । कतिपय त आफ्ना अभिभावकसँग समेत आउन थालेका छन् ।’

‍स्वास्थ्य विशेषज्ञका अनुसार यस्ता बिरामीहरू मानसिक चिन्तामा पर्छन् भने मानिसहरूबीच जागरूकताको स्तर ज्यादै कम हुने गर्छ । यो राेगको उपचार पनि कठिन हुन्छ र कहिले त शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ ।

‍जोन्स भन्छन्, ‘तीन वर्षपहिले मैले पहिलो पटक यो लक्षणमा ध्यान दिएको थिएँ । त्यसपछि लगातार अवस्था बिग्रँदै गयो । त्यसबेला मलाई शारीरिक सम्बन्ध राख्न मन लाग्दैन थियो । किनकि यो मेरा लागि लज्जाको विषय बन्न सक्दथ्यो ।’

‍एउटा यस्तो समय आयो कि जोन्सका सबै आशा भनेको शल्यक्रियामा आएर अडियो । तर, उनले यसका ‘साइड इफेक्ट’ लाई हेरेर उनले शल्यक्रियाको विकल्प रोजेनन् । डाक्टरले उनलाई शियापेक्स Xiapex- collagenase clostridium histolyticum) को बारेमा बताए ।

‍शियापेक्स ड्रगमा पाइने यस्तो ‘इन्जाइम’ हो, जसले लिंगको कुनै एक भागको वृद्धिलाई रोक्छ । सन्तुलनमा ल्याउँछ । जोन्स भन्छन्, ‘यस्ता हरेक बिरामीलाई सहयोग पुर्‍याउनु आवश्यक छ । उनीहरूमा मानसिक कमजोरी महसुस नगराई जागरूकता ल्याउनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 799

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१