Aamsanchar

झापाको सिमावर्ती क्षेत्रमा गोली चल्यो, प्रहरीको संख्या थप

Author Image
मङ्गलवार, वैशाख २३, २०७७

झापा । भारतसंग जोडिएको झापाको सिमावर्ती क्षेत्रमा हिजो बेलुका गोली चलेको छ ।
भारतबाट नेपाल प्रवेश गर्न आएका दुईजनालाई प्रहरीले नेपाल प्रवेश गर्न रोकेर फर्काएको थियो ।  झापा गाउँपालिका–४ सुकुम्बासी टोलमाबाट उनिहरुलाई फर्काई सके पछी पुन भारत तर्फवाट फर्किने व्यक्तिका दुई तीन सय  समर्थकहरु  घरेलु हातहतियार सहित नेपाल प्रबेश गर्ने प्रयास गरेका थिए । हुलहुज्जत बनेर  नेपाल प्रवेश गर्न खोज्दै ससस्त्र प्रहरीको अस्थाई पोष्टमा आक्रमण र प्रहरीमाथी जाईलाग्न थालेपछी नेपाल तर्फका प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।

उनिहरुलाई लकडाउनको पालना गर्न र एक अर्को देशमा पूर्णरुपले आवतजात बन्द रहेको जानकारी गराउदा पनि हेपाह र दादागिरी शैलीमा नेपाल प्रवेश गर्न खोज्ने समूहलाई भारत नै फर्कान प्रहरीले हवाईफायर गर्नु पर्यो दुई देशकै सुरक्षाकर्मीहरु अझ ससक्त बनेर लाग्नु पर्ने प्रदेश सांसद हीराकुमार थापाले बताएका छन ।

नेपाली काँग्रेस नेता दयानन्द गोस्वामीका अनुसार गोली चलाउनु पर्ने अवस्था सृजना भएपछी सिमामा प्रहरीको संख्या बढाइएको छ । यता जिल्लाको सुरक्षा निकायले भने केही जानकारी दिएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 613

प्रतिक्रिया (०)

सम्बन्धित खबर