Aamsanchar

लकडाउनमा सिरीजङ्गा लिपी लेखन तथा मातृभाषा शिक्षा संचालन हुँदै

Author Image
आइतवार, वैशाख २८, २०७७

दमक । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वमा दवदवा मचाई रहेको छ । संसारका प्राय देशहरुले देशमा लकडाउन गरेको छ ।
कोरोना भाइरसबाट बच्नको लागि आवातजावतलाई न्यूनिकरण गरि भाइरस नियन्त्रण गर्ने उत्तम उपाय नै लकडाउन भएको निकर्षका साथ एक देशबाट अर्को देश, एक ठाउँबाट अर्को ठाउँमा आवातजावत बन्द गरेर वाक्कदिक्क मानेर मानिसहरु आ–आफ्नो घरमा होम क्वरेन्टाइनमा बसेका छन् ।

लकडाउनको यस्तै बसाईमा नेपालका पूर्वी जिल्ला झापाको दमक नगरपालिका वडा नं. १ सिरीजङ टोलमा बसोबास गर्ने किरात लिम्बु र राई जातीहरुमा पनि परेको छ । सिरीजङ टोलको पहल र लिम्बु साहित्यमा दखल राख्नु हुने साहित्यकार सर्जक भाषाविद सेसेमी से नाल्बोको अगुवाईमा किरात सिरीजङ्गा लिपी भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको छ । सो टोलमा स्थायी बसोबास गर्नुहुने ५० जना प्रशिक्षार्थीहरुले लिपी लेखन र भाषा प्रशिक्षण लिईरहेको टोलकी अभियन्ता इक्सा सम्बाहाम्फेले सिरीजङ्गा टोल विकास संस्थाकी अध्यक्ष रचना लावतीद्वारा प्रशिक्षार्थीहरुलाई भाषा लेखन र प्रशिक्षण भईरहेको बताएकी छिन् ।

पछिल्लो पुस्तामा आ–आफ्नो भाषा बोल्ने प्रचलन हट्दै गईरहेको प्रति चिन्तित हुँदै साहित्यकार नाल्बोले अबका पुस्ताहरुलाई कम्तिमा पनि किरात सिरीजङ्गा लिपि लेखन र प्रशिक्षण अत्यन्तै अपरिहार्य भएको बताँउछन् । देश संघीयतामा गईसकेको हुँदा प्रदेश स्तरबाट अब स्कुलहरुमा समेत मातृभाषा शिक्षामा जोड्दिनु पर्ने बताउनु हुने नाल्बोले यसो नगरिएमा मातृ भाषा लोप हुने बताउँछन् । सरकारले मातृभाषा शिक्षाप्रति चासो नदिएको देख्दा दुखलेको बताउनु हुन्छ ।

लकडाउनको समयमा आफ्नो टोलमा यसरी मातृभाषा शिक्षा अध्यापन गर्न पाएकोमा टोलकी अध्यक्ष रचना लावती दंङ्ग परेकी छिन् । टोलमा बसेका लिम्बु, राई मात्र नभएर अन्य थरीहरुलाई समेत सिरीजङ्गा लिपी प्रशिक्षणमा प्रोत्साहन गरिएको बताउँछिन् । यसरी नै गाउँ गाउँमा आ–आफ्नो मातृभाषा शिक्षा लागू गरेर भाषा विकासमा जोड्न दिन सरकारसँग अपेक्षा गरेको भाषा शिक्षिका लावतीले अनुरोध गरेकी छिन् । आफ्नै टोल गाउँमा यसरी आफ्नो मातृ भाषा शिक्षा र सिरीजङ्गा लिपि लेखन प्रशिक्षण गर्न पाउँदा कक्षा ११ मा अध्ययनरत विद्यार्थी माङ्सा दङ्ग छिन् । टोलमा भएका नानीहरु लकडाउनको समयमा विकृति विसंगतीमा नलागोस् भनेर मातृभाषा शिक्षा सिकाईमा मद्दत पुगोस् भनेर नै टोलले भाषा प्रशिक्षण कक्षा संचालन गरेको टोलका सचिव तारा देवी राई बताउँछिन् ।

त्यसैगरी लकडाउनको समयमा तेह्रथुमको फेदाप गाउँपालिका वडा नं। ५ इसिबुमा पनि १ महिने किरात सिरीजङ्गा लिपी लेखन तथा मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको समाजसेवी सेसेहाङ् चोङ्बाङ्ले बताएका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै मातृभाषा शिक्षा लिनको लागि ३० जना प्रशिक्षार्थीहरु सहभागी भएका छन् । उक्त प्रशिक्षण कार्यको सहजीकरण धननारायण हाङस्रोङ र जितेन हुक्पाचोङबाङ्ले गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर