Aamsanchar

डेढ महिनादेखि बन्द बिर्तामोडको कृषिथोक खुल्ला

Author Image
मङ्गलवार, वैशाख ३०, २०७७

बिर्तामोड– लक डाउन सुरु भए पछी करिव डेढ महिनादेखि बन्द रहेको बिर्तामोड कृषिथोक बजार खुलेको छ ।

मंगलवार विहान बाट कृषिथोक बजार खुलेको स्थानीय बताउँछन् ।

यसअघि कृषिथोक बजारमा अत्याधिक भीड भएको र यसले कोरोना सङ्क्रमणको उच्च जोखिम निम्त्याउने भन्दै बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।स्थानिय सरकारले दैनिक चार घण्टा कृषिजन्य उपभोग्य बस्तुको दोकान खोल्न दिए अनुसार कृषिथोकमा व्यवसायीहरुले आफ्नो तरकारी दोकान दैनिक ४ घण्टाको लागि खुल्ला गरेका छन । तर, बिर्तामोड नगरपालिकाले भने कृषिथोक बजार खोल्ने जोखिम आफूले नउठाएको जनाएको छ ।

कृषिथोक खोल्न पाउनुपर्ने माग राख्दै व्यवसायीले दवाव दिएपछि नगरपालिका आफ्नो पूर्ववत निर्णयबाट पछाडि सरेको चर्चा चलिरहँदा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले कृषिथोक बजार खोल्ने कुनै निर्णय नभएको बताए ।

‘कृषिथोक बजार खोल्नु हुँदैन भन्नेमा नगरपालिका स्पष्ट छ’, प्रवक्ता पाण्डेले भने, ‘यस विषयमा कुनै निर्णय भएको छैन । बजार खोलिएको विषयमा हामी पनि बुझिरहेका छौँ ।’

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आवश्यक मापदण्ड पूरा गर्दै पसलहरू चार घण्टा खुला गर्ने निर्णय गरेपछि कृषि बजार खोल्न पाउनु पर्ने माग उठेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर