Aamsanchar

मेचीनगर नगरपालिकाले बाड्यो १ हजार बढी मजदुरलाई राहत

Author Image
शुक्रवार, जेठ २, २०७७

 

काँकरभिट्टा ।  प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले अहिले देश विषम परिस्थितीबाट गुज्रिरिहेका बेला आम जनताहरु एक भएर नोवल कोरोना भाइरस कोभिड १९ माथि वियजी प्राप्तिका लागि लाग्नुपर्ने बताउनुभएको छ ।

मेचीनगर नगरकार्यपालिकाले शुक्रबार आयोजना गरेको नगरका विभिन्न क्षेत्रमा कार्यरत एकहजार मजदुरलाई राहत वितरण संक्षिप्त कार्यक्रममा बोल्दैं प्रदेश सभा सदस्य मैनालीले अहिले नोवल कोरोना भाइरस कोभिड १९ का कारण विश्वकै अर्थतन्त्र डामाडोल र जनजीवन नै अस्तव्यस्त भएका कारण सवैभन्दा पहिला आफु बच्ने र अरुलाई यो भाइरसबाट कसरी बचाउने भन्नेमा ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन पुर्णरुपमा कार्यान्वयनका लागि हामी सवै जुट्नुपर्ने र लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउनेतर्फ सवै लाग्नुपर्ने बताउनुभयो ।

मेचीनगर नगरकार्यपालिकाका प्रमुख विमल आचार्यले अहिले हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । हरेक मानिस सचेत हुनुपर्नेमा उत्तेजित भए त्यसको परिणाम समेत ठीक विपरीत हुने भएकाले हरेक नागरिक उत्तेचित नभई सचेत भएर प्रस्तुत हुनुपर्ने र सफलरुपमा अ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने नगरप्रमुख आचार्यले बताउनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले लकडाउनका कारण हरेक उद्योग, कलकारखना, पसल व्यवसायलगायत सवै क्षेत्र ठप्प भएका कारण त्यसमा कार्यरत मजदुर लगानी गर्ने मालिकहरुको दैनिकी समेत कष्टकर भएको र आर्थिकरुपमा समेत ठूलो व्ययभार व्योहोर्नु परेको विचार राख्नुभयो । यसका लागि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग पटक पटक छलफल गरिरहेको र भोली अहिलेको अवस्था सहज भएपछि कसरी उनीहरलाई पहिलाकै अवस्थामा फर्काउने त्यस विषयमा समेत गम्भीर रहेको धारणा राख्नुभयो ।

नोवल कोरोल भाईरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण विशेषगरी मजदुरहरुलाई कठिनाई भएको भन्दैं नगरपालिकाले राहत वितरण गरेको हो । यातायात, ट्राभल, होटल तथा ढुवानीका क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सम्बन्धित व्यवसायिक संघ संगठनको आग्रहमा नगरपालिकाले राहत स्वरुप चामल प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मेची बस व्यवसायी प्रालिमा आवद्घ चालक परिचालक र सहचालक गरी कुल ७ सय ६९, ढुवानीतर्फ लोड अनलोडका ५१, ट्राभलमा कार्यरत १५, होटलमा कार्यरत १ सय ६५ र विभिन्न मजदुर संघ संस्थामा आवद्घ १ सय ८७ गरी कुल १ हजार १ सय ८७ जनालाई प्रतिव्यक्ति १०/१० केजी चामल वितरण गरेको मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश सभा सदस्य मैनाली, नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती, वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले प्रतिनिधिमुलकरुपमा पाँचवटा संघ संस्थाका प्रमुख प्रतिनिधिहरुलाई राहत प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर