Aamsanchar

झापा प्रहरीको सक्रियता, लामो दुरीमा रहेको पोष्ट बिचको भागमा साईकल गस्ती

Author Image
शनिवार, जेठ ३, २०७७

बिर्तामोड । झापाको दक्षिणी सीमा क्षेत्रमा प्रहरीले यतीवेला साइकल गस्ती शुरु गरेको छ ।

भारतबाट कतिपय पोष्टको खाली स्थानबाट लुकीछिपी नेपाल आउन खोज्नेहरु सीमा क्षेत्रमा देखिन थाले पछी तीनदिन देखि सीमा क्षेत्रमा साइकलबाट पनि गस्ती गर्न सुरु गरिएको हो । झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

प्रदेश १ सरकारले प्रदेश प्रहरी कार्यालय विराटनगर मार्फत झापालाई गस्तिका लागि २५ थान साइकल उपलब्ध गराएको थियो । नेपाल–भारत सीमामा रहेको अस्थायी सुरक्षा पोष्टमा खटिएका प्रहरीले साइकलबाट पनि गस्ती शुरु गरेपछि थप सुरक्षा बढेको छ । एउटा पोष्टदेखि अर्को पोष्टसम्मको खाली क्षेत्रमा प्रहरीले अब साइकल गस्तीबाटै सीमामा सुरक्षा गर्ने कोइरालाले बताए ।

झापाको दक्षिणी सीमामा रहेका सुरक्षाकर्मीलाई आवश्यकताका आधारमा साइकल उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 374

प्रतिक्रिया (०)