Aamsanchar

मेचीनगरको विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका तीनसय बढीको कोभिड १९ को एन्टीबडी परीक्षण

Author Image
शुक्रवार, जेठ ९, २०७७

मेचीनगर । झापाको मेचीनगरकोे विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका नेपालका विभिन्न जिल्लाका तीनसय बढीको नोेवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएको छ ।

नगरको धाइजनस्थित स्वास्थ्य केन्द्र र आदर्शमा माध्यमिक विद्यालय आयावारीमा रहेको क्वारेन्टाइन र काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बसेका दाङ, कैलाली, सुर्खेत पोखरा गुल्मी दोलखालगायतका जिल्लाका मानिसको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको हो ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले धाइजनस्थित स्वास्थ्य केन्द्र क्वाररेन्टाइनमा रहेका २२, आदर्शमा माध्यमिक विद्यालय आयावारी क्वारेन्टाइनमा रहेका १ सय ४५ र काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका १ सय ४८ गरी कुल ३ सय १५ जनाको नोवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएको शाखा संयोजक शशीकला राईले जानकारी दिनुभयो ।

राईसहित स्वास्थ्यकर्मीहरु तालबहादुर खड्का, लेखनाथ खतिवडा, रामनारायण यादव, टीकाराम ढकाल, दिवाररकार पौडेल, कमला राजवंशी अनिमा राजवंशीलगायतको स्वास्थ्यकर्मीहरुको टोलीले कोभिड १९ को एन्टीबडी परीक्षण गरेको हो ।

नोवल कोेरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्रमा अलपत्र नेपालीहरु विहिबार साँझ लुकिछिपी नेपाल प्रवेश गरे लगत्तै मेचीनगर नगरपालिकाले नगरमा रहेका विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखेको थियो ।

भारतबाट ल्याइएका नेपालीहरुलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरी कोरोना नभएको निश्चित गरेर मात्र सम्बन्धित जिल्ला तथा पालिका पठाउनका लागि सवैको नोेवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । एन्टीबडी परीक्षणका लागि आवश्यक कीट अभाव भएपछि नगरपालिकाले १ नम्बर प्रदेशसँग माग गरेको थियो । प्रदेश सरकारले एसएआरएस सीओभी—२ एन्टीबडी टेष्ट कीट पठाए लगत्तै परक्षिण गरिएको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

विहीवार राती काँकरभिट्टा आइपुगेका ३ सय जनालाई मेचीनगर होटल व्यवसायी संघ, काँकरभिट्टा रोटरी क्लव र काँकरभिट्टा लायन्स क्लवले खाना खुवाउने व्यवस्था मिलाएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर