Aamsanchar

कतै दलितका अगुवाबाट नै गल्ती भईरहेको त छैन ?

Author Image
बुधवार, जेठ १४, २०७७

यदि राज्य निकायहरू कानूनत चलेका छन् भने आजको २१ औं शताव्दीमा फिल्मी शैलिमा भएका नरसंहारक घटनाहरूवाट कोहि कसैले उन्मूक्ति नपाओस् छिटो भन्दा छिटो दोषि पत्ता लगाई कडा कारवाही होस्।

तितो तर सत्य कुरा लेख्दैछु,,, अनर्थ न लागोस्, दलित कै केहि हुने खाने ले दलित नेट्वोर्क्, दलित महिला अधिकार मन्च्, दलित नेट्वोर्क जस्त धेरै संस्था किन खोलेका ? अधिकार पनि खोज्ने तर नाम पनि बेच्ने किन ?  यहाँ अशृष्टी कर्ता ले हरेक लाई एउटै जमिन बाट बनाका हुन , अनि किन मान्छे मान्छे मा भेदभाव ? किन आफै मोही माग्न जाने तर ढुङ्रो लुकाउने ? परिवर्तन को नाम मा उहि र उस्तै किन फेरी जता ततै दलित भनेर सम्बोधन ?  समान्अता त आफै ले निर्माण गर्नु पर्ने होईनर ! सबै भन्दा पहिले यहाँ कोइ दलित छैन र होईन, धनी गरिव होला तर नर र नारी दूईवटा मात्रै जात हुन् ! मान्छे मार्ने अधिकार कसैलाई हुनु हुँदैन ।

सम्भवत जातीय भेदभाव कहिले पनि पूर्ण रुपमा अन्त्य हुदैन होला वा हजारौ बर्ष लाग्ला तर सानो जातको भएर ठुलो जातका छोरा – छोरि संग प्रेम वा बिबाह गर्ने लाइ मार्न पाउनु पर्छू भन्ने भाव भएका स्टाटस र प्रतिक्रिया सामाजिक संजालमा देख्दा अत्यन्त धेरै डर र चिन्ता लागेको छ। जातीय भेदभावको जरा मैले कल्पना गरे भन्दा पनि धेरै गहिरो रहेछ। आगामी निर्वाचनमा आफु भन्दा ठुलो जातको संग प्रेम वा बिबाह गर्न खोज्ने लाइ मृत्यु दण्ड दिनेु मूल एजेन्डा भएको दल जन्माए कसैले भने, उक्त दलले स्पस्ट बहुमत ल्याउने संकेत देखियो। साथै, नेपालमा जातीय भेदभाव ठिक वा बेठिकु भनेर जनमतसंग्रह गर्ने हो भने, स्पस्ट बहुमतले जातीय भेदभाव ठिक भन्ने पक्षमा मतदान गर्ने देखियो। कुनै पनि सत्कर्म नगरी जन्मकै आधारमा ठुलो जातु पाएकाहरुको चिन्तन र मनस्थिति असाध्यै डरलाग्दो छ ।
निस्पक्ष अनुसन्धान गरि दोषी सबैलाइ भबिस्यमा नजिर बस्ने गरि दण्डित गरिनु पर्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर