Aamsanchar

वर्षौदेखिको भान्साखोला पैनीको समस्या दिर्घकालिन समाधन गर्न स्थानीय सरकारसँग आग्रह

Author Image
आइतवार, जेठ १८, २०७७

मेचीनगर ।  झापाको मेचीनगर ६ र ७ नम्बर कृषकहरुले वर्षौअघिदेखि सञ्चालनमा रहेको भान्साखोला पैनीको समस्या दीर्घकालिनरुपमा समाधानका लागि स्थानीय सरकार सँग आग्रह गरेका छन् ।

आइतबार सम्पन्न कृषकहरुको भेलाले हरेक वर्ष मेचीनदीका कारण पैनीमा समस्या हुने र कृषकहरुले वर्षैपिच्छे खेतीकार्यमा समस्या व्यहोर्नुपर्ने भएकाले पैनीको समस्या दीर्घकालिनरुपमा समाधान गर्न मेचीनगर नगरपालिकासँग आग्रह गरेका हुन् ।

उक्त पैनीले संयौं विगाह जमीनमा सिचाई हुने गरेको छ । तर, रोपाई गर्नै क्रममा मुहानलगायत विभिन्न ठाएामा समस्या पैदा हुने अधिकाँश किसानको खेत बाझै हुने गरेको , जेनतेन रोपाई भएपनि समय समयमा पर्याप्तरुपमा सिचाईँ गर्न नसक्दा धानलगायत अन्य खाद्यन्न बालीनाली डढेर जाने किसानहरुको भनाई छ । यसवारेमा पटक पटक स्थानीय सरकारको ध्यानाकर्षण गराउँदासम्म खासै सुनुवाई नभएको गुनासो स्थानीय कृषक तथा नेपाली काँग्रेसकी नेतृ दुर्गादेवी ढकालको छ ।

रोपाईको समय शुरु भईसक्दा सम्म पैनीको उचित मर्मत तथा सम्भार नभएको भन्दैं यो वर्ष पनि धेरैको खेत बाझो रहने चिन्ता किसानले व्यक्त गरेका छन् । भेलाले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी पैनी समस्या दिर्घकालिनरुपमा समाधानका लागि पहल गर्न किसान धनप्रसाद उप्रेतीको संयोजकत्वमा ११ सदस्यीय भान्साखोला पैनी उपभोक्ता समिति समेत गठन गरेको छ ।

समितिको कोषाध्यक्षमा अगमकुमार राई तथा सदस्यहरुमा टिकादत्त काफ्ले, नारायण ठकुरी, मित्रलाल कट्टेल, कृष्ण खवास, नविन उप्रेती हरिकुमार श्रेष्ठ, सन्तोष तामाङ, झगडु चौधरी र विवेक साम्सुहाङरहेका छन् ।

यसैगरी बद्रीप्रकाश उप्रेती संयोजक र तथा देविप्रसाद उप्रेती र दुर्गादेवि ढकाल सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत भेलाले गठन गरेको छ ।

भेलाले प्रति विगाह २ हजार रुपैयाँका दरले हरेक कृषकहरुबाट रकम संलन गरी अहिले पैनी सञ्चालनमा ल्याउने, नियमअनुसार लाग्ने रकम जेठ २२ गतेसम्म बुझाई सक्नुपर्ने नबुझाए थप २५ प्रतिशत जरीवानासहित समितिले असुल उपर गर्ने निर्णय समेत गरेको छ । आगामी आर्थिक वर्षदेखि मेचीनगर नगरपालिका र सम्बन्धित वडा कार्यालयबाट बजेट विनियोजनका लागि समितलिे पहल गर्ने , साथै मेचीनगर वडानम्बर ६ र ७ का वडाध्यक्षसहित जनप्रतिनिधिहरुलाई पैनीको अवस्थाका बारेमा जानकारी गराउने उद्घेश्यले स्थलगत अनुगमन गराई आगामी आर्थिक वर्षमा वडा बजेटबाट पैनी मर्मत तथा सुधारका लागि रकम विनियोजन गर्न आग्रह गर्ने तथा नगरपालिकालाई समेत केही रकम कृषि योजनामा खर्च गर्नक लागि आग्रह गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर