Aamsanchar

भागवत गीताका १८ मुख्य सार

Author Image
सोमवार, जेठ २६, २०७७

१, मोह या सुख शान्तिको अधीनमा नपर्नु ।
२, शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ।
३, निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ।
४, तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ।
५, सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु ।
६, अन्तस्करणमा समता राख्नु ।
७, सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव हुनु ।
८, सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु ।
९, सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ।
१०, विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ।
११, यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ।
१२, शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु ।
१३, संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जानु ।
१४, सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।
१५, एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ।
१६, जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ।
१७, जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ।
१८, भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर