Aamsanchar

माछा पालन गर्नेलाई ५० प्रतिशत अनुदान

Author Image
बुधवार, जेठ २८, २०७७

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं २ ले आर्थिक वर्ष ७६र ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत साझेदारीमा मत्स्य उत्पादन विशेष कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले एक सूचना जारी गरि कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि २०७६ भित्र रहि आवेदन पेश गर्न आग्रह गरेको छ । यस कार्यक्रम प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा संचालन हुने छ । यसका लागि ईच्छुक मत्स्य कृषक, कृषक समूह, कृषि सहकारी,नीजि फर्म ले आवेदन पेश गर्न सक्ने छन् । रित नपुगेका वा म्याद नाघी आएका प्रस्ताव छनौटका लागि समावेश नहुने निर्देशनालयले जनाएको छ ।

संचालन हुने कार्यक्रम :
१, मत्स्य उत्पादन विशेष कार्यक्रम
२, विपन्न गरिब कृषकहरुको लागि स्वोरजगार मुलक विशेष पशुपन्छीं कार्यक्रम

जानकारीका लागि सूचना हेर्नुहोस :

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर