Aamsanchar

आजको मौषम (भारी वर्षा सतर्कता अपनाउन अनुरोध)

Author Image
मङ्गलवार, असार २, २०७७

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विहीबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।

नेपालको पूर्वी र मध्य भू(भागमा मनसुनी वायु तथा पश्चिमी भू(भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने जानकारी दिएको हो ।

महाशाखाले आज (मंगलबार)देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा सोमबार राति नै वर्षा भइरहेको छ भने आज दिनभर वर्षाको सम्भावना छ।

देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ रहेको हुँदा ती क्षेत्रका नदीमा पानीको बहाब बढ्ने महाशाखाले जनाएको छ ।

लगातार वर्षाको सम्भावना रहेको हुँदा नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने र सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ ।

यस्तो छ मौसमको पूर्वानुमान

दिउँसोः सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र बाग्मती प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर