Aamsanchar

काँकरभिट्टा क्षेत्रमा नाबालिकाहरु हिसाँमा

Author Image
बिहिवार, असार ४, २०७७

काँकरभिट्टा  । लकडाउनको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा आधा दर्जनजति महिला हिसाँका घटना भएका छन् । हिसाँमा पर्नैमा प्रायः नाबालिका रहेका छन् । १४ देखि १७ वर्ष उमेर समुहका बालिकाहरु यसको शिकार हुने गरेको घटनाले देखाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार जवरजस्ती करणीका तीनवटा जवरजस्ती करणी उद्योग, बालयौन दुरुपयोग , अप्राकृतिक मैथुन तथा बालिका जिस्क्याएको एक/एक वटा मुद्धा अघिल्लो वर्षको चैत ११ गतेदेखिहालसम्म दर्ता भएका छन् ।
आफ्न्तैबाट पनि घरमा महिला तथा बालिकाहरु असुरक्षित हुने गरेको घटनाले देखाएको छ । धेरै घटनामा नातामा आफ्न्त पर्ने संलग्न छन् ।

प्रहरीका अनुसार नातामा भिनाजु पर्ने झापा मेचीनगर —८ का एक ३२ वर्षीयमाथि आफ्नै १४ वर्षकी शालीलाई जवरजस्ती करणी गरेको उजुरी परेको छ । ती व्यक्ति बिरुद्ध बालिकाका दाजुले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा लिखित जाहेरी दिएपछि उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको कार्यालयले जनाएको छ ।

मेचीनगर—७ मदनवस्तीका २० वर्षीय एक पुरुष समेत जवरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । उनी विरुद्घ १७ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । मेचीनगर— ६ का सोहि उमेरका एक व्यक्ति १७ वर्षकी बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । मेचीनगर —४ का एक ४० वर्षीय व्यक्ति १३ वर्षकी बालिकालाई जिस्क्याएको तथा मेचीनगर —४ का १७ वर्षीय बालकले ८ वर्षका बालकलाई यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेको कार्यालयले जनाएको छ ।

पक्राउ परेका सवैलाई कसुर अनुसारको मुद्घा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिकाका १५ वटै तथा बुद्घशान्ति गाउँपालिकाको १ देखि ७ नम्वर वडासम्म निगरानी गर्नुपर्नै प्रहरी नायव उरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर