Aamsanchar

छात्रबृत्तिका लागि अर्जुनधारामा १५ लाख बजेट

Author Image
बिहिवार, असार ४, २०७७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले छात्रबृत्तिका लागि १५ लाख रुपैयाँ छुट्याएको छ । विर्तामोडमा रहेको नरबहादुर कर्मचार्य प्राविधिक प्रतिष्ठानमा अध्ययन गर्ने बिद्यार्थीका लागि नगरपालिकाले १५ लाख रुपैयाँ प्रदान गर्ने भएको हो ।

नगरभित्र रहेका प्रविधिक शिक्षा अध्यन गर्ने चाहाने विद्यार्थीहरुलाई लक्षीत गरी जेहेन्दार, बिपन्न, जस्ता बिद्यार्थीलाई अध्ययन गराउने उदेश्यले नगरले बजेट दिने योजना अघि सारेको हो । अध्ययनमा पहुच नपुगेका बिद्यार्थीलाई अध्ययन गराउने नगरको निति अनुसार छात्रबृति उपलब्ध गराइएको हो ।

आर्थिक बर्षदेखि शुरु हुने अध्ययनका लागि नगरले छात्रवृत्ति छुट्याउने निर्णय गरेको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए । उनले विद्यार्थीलाई कृषि,पशु, विज्ञान, इञ्जिनियरिङ्घ चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि बराबर छात्रवृती उपल्बध गराउने बताए । यस आर्थिक वर्षमा १ लाख र आगामी आर्थिक वर्षमा वार्षिक ७ लाखका दरले जम्मा १५ लाख उपलब्ध गराउने नगरको निर्णय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर