Aamsanchar

यस्तो छ बेसारको उपयोगिता

Author Image
शुक्रवार, असार ५, २०७७

काठमाडौं । हामीले हरेक दिन तरकारीमा बेसारको प्रयोग गर्छौं । कतिपयले तरकारीको रंगको लागि पनि मिसाउन मन पराउँछन् । साथै बेसारले तरकारीको स्वादलाई खासै असर पार्दैन । बेसारको स्वाद चाहिँ टर्रो प्रकृतिको हुन्छ । आज हामीले दैनिक प्रयोग गर्नुको फाईदाबारे चर्चा गरेका छौं ।

कतिपयलाई थाहा नहुन सक्छ की बेसारमा सानादेखि अत्यन्त जटिल प्रकारका रोग विरुद्ध लड्न सक्ने गुण हुन्छ । पत्यार नलाग्न सक्छ तर यसमा क्यान्सर जस्ता घातक रोगसँग लड्ने गुण लुकेको हुन्छ । बेसार एक एन्टिअक्सिडेन्ट हो । यसले हाम्रो शरीरमा उत्पन्न हुने विजातिय तत्वहरुलाई नियन्त्रण गर्ने क्षमता हुन्छ ।

यस्ता छन् बेसारका उपयोगिताहरुः

मधुमेह हुनबाट बचाउँछ– बेसारको नियमित सेवनले मधुमेह हुनबाट समेत बचाउँछ । यसले मधमेहको मात्रा नियन्त्रण गर्दछ । यसले कलेजोमा हुने खराबीलाई पनि नियन्त्रण गर्दछ ।

शक्तिबर्धक– १ सय ग्राम बेसारमा ६ ग्राम प्रोटिन, ६९ मिलिग्राम कार्बोहाईड्रेड, १ सय ५० मिलिग्राम क्यालसियम, २८ मिलिग्राम फस्फोरस, ५ मिलिग्राम आईरन र ५० ग्राम भिटामिन सी मिसाएर सेवन गर्ने हो भने बेसारले शक्तिबर्धकको रुपमा काम गर्छ । कोलेस्ट्रोलको नियन्त्रण– हरेक दिन एक चम्चा महमा एक चम्चा बेसार मिलाएर खाएमा यसले पेटको रोगबाट बचाउँछ भने कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । यसको सेवनले मुटु पनि बचाउने आयुर्वेदिक चिकित्सकहरु बताउँछन् ।

छालाको चमक बढाउँछ– बेसारलाई नरिवलको तेलमा मिसाएर दिनहुँ मालिस गर्दा यसले यसले छालालाई समेत चमक बढाउँछ ।

क्यान्सरबाट बचाउँछ – काक्र्युमिन पदार्थका कारण बेसारको रंग पहेंलो हुन्छ । यसले क्यान्सरमा हुने कोषिय परावर्तनलाई रोक्छ । यहाँसम्म की डीएनएमा हुने हानीलाई समेत बेसारले रोक्ने गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर