Aamsanchar

नेरामाम संगठनले सम्पन्न गर्यो आनलाइन प्रशिक्षण

Author Image
आइतवार, असार ७, २०७७

नेपाल राष्ट्रिय मारवाड़ी महिला संगठनको आयोजनमा ‘स्मार्ट विथ स्मार्टफोन’ नामक दुई दिने अनलाइन प्रशिक्षण सम्पन्न भएको छ ।

आषाढ़ महिनाको ५ र ६ गते भएको प्रशिक्षण अनलाइन प्लेटफार्म व्हाट्सअप बाट संचालन गरिएको थियो। लकडाउनको सदुपयोग गर्दै संचालन गरिएको सो तालिमको मुख्य उद्देश्य आजको बिज्ञान र प्रविधिको युगमा आम मानिसको दिनचार्यको अभिन्न अंग बनेको स्मार्ट को उचित संचालन बिधि त्यसको अत्याधुनिक सॉफ्टवेयर संचालन ,उचित रेखदेख र आफ्नो बयक्तिगत डाटा कसरी सुरक्षीत राख्ने रहेको थियो ।

उचित ढङ्गले स्मार्ट फोन को उपयोग नगर्दा त्यसबाट हुने दुर्घटना लाई मध्यनजर राखी नेपाल राष्ट्रिय मारवाड़ी महिला संगठनले मोबाइलका विभिन्न सिस्टम चलाउने सही जानकारीका साथ उक्त प्रशिक्षण कार्यक्रम संचालन गरेको बताइएको छ ।

संगठनकी अध्यक्ष निर्मला जोशीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख आथितिमा उद्योग तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड़को सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन संगठनकी उपाध्यक्ष मञ्जु शारडाले गरेकी थिईन । त्यसैगरी कार्यक्रमको सचालन महिला सशक्तीकरण संयोजक नितु सोमानीले गरेका थिईन ।

अनलाइन कार्यक्रममा महिला पुरुष गरि पाँच सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल मारवाड़ी परीषदका अध्यक्ष पवन मितल, प्रदेश १ का सासंद ओम प्रकाश सरावगी लगायतले धारणा राखेका थिए ।

कार्यक्रमको सहजकिरण नंदा तोषनीवालले गरेकी थिईन । उनि अखिल भारतीय माहेश्वरी महिला संगठनमा पनि आवद्ध छिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)