Aamsanchar

बिपन्नले पाए इन्डेक्स चुल्हो

Author Image
शनिवार, असार १३, २०७७
धुलाबारी । कोभिड-१९ ले सबै क्षेत्रमा समस्या परेको अबस्थामा झापाको मेचीनगरस्थित समाज सुधार महिला समुहले आफ्ना सदस्यलाई राहतस्वरूप `इण्डक्सन´ चुलो बितरण गरेको छ ।
झापा क्षेत्र नं. १ प्रदेश `ख´ को निर्वाचन क्षेत्र बिकासले महिलाको नेतृत्व तथा क्षमता बिकासका लागि समुहलाइ एक लाख छुट्टयाइएको थियोे । महिलाले चुल्हो चौकामा सबैभन्दा बढि समय ब्यतित गर्ने र उनीहरुलाई भान्साबाटै मानसिक रुपमा दरिलो बनाउन चुल्हो बितरण गरिएको हो । समुहले आफ्ना समस्यामा परेका बिपन्नको नाम संकलन गरि उनीहरुको जिबनस्तर सुधारका लागि प्राथमिकता दिएर चुल्हो बितरण गरिएको समुहकि सदस्य प्रतीक्षा पराजुलीको भनाइ छ । कोरोना प्रकोपका कारण क्षमता बिकासको तालिम प्रभावित भएपछि रकमबाट १८ जना बिपन्न परिवारलाई इण्डक्सन चुलो शनिबार बितरण गरिएको समुहकि परजुलिले बताइन् ।
मेचीनगर ९ खुट्टिडाँगीमा आयोजित कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले प्रती ४५०० पर्ने इन्डेक्सन चुल्हो बिपन्न परिवारलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी बुढाथोकीले गलत जीवन शैलीका कारण पनि मानिस गरीब हुँदै गएको बताए । गरीबीलाई हटाउनलाई आय मुलक काममा सबैले लाग्नु पर्ने सांसद बुढाथोकीको भनाइ थियो ।
कार्यक्रममा मेचीनगर ९ का वडाअध्यक्ष गोपाल खड्का, वडा सदस्य इन्द्र प्रधान, वन उपभोक्ता महासंघ मेचीनगरका सचिव जानुका ओली लगायतले इण्डक्सन चुलोको प्रयोगले भान्सामा हुने धुँवाका कारण बिभिन्न रोग लाग्नबाट जोगाउनेसंगै वन संरक्षणमा समेत सहयोग पुग्ने बताए । सस्थाकी अध्यक्ष संगीता थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाज सुधार महिला समुहकि प्रतिक्षा पराजुलीले स्वागत गरेकी थिइन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 533

प्रतिक्रिया (०)

सम्बन्धित खबर