Aamsanchar

नेपाल छिर्‍यो अनौठो कीरा, पाकिस्तान र भारतका वैज्ञानिकले भने यो सलह हो

Author Image
शनिवार, असार १३, २०७७

काठमाडौं । तराईका जिल्ला बारा तथा सर्लाहीका केही स्थानमा सलह कीरा देखिएपछि त्यसबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् ।

शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरालगायतका स्थानका साथै सर्लाहीमा पनि सलह किरा देखिएको खबरपछि मन्त्रालयले विज्ञसहितको टोलीसँग भर्चुअल छलफल गरिरहेको हो । छलफलमा प्रदेश २ का प्राविधिकहरु पनि सहभागी रहेको मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर केसीले जानकारी दिए । उनले सलह भित्रिएको खबरसँगै थप बुझ्ने कार्य भइरहेको पनि बताए ।

वर्षात शुरु भएको र पूर्वी वायु पनि शुरु भएको कारणले नेपाल छिर्ने सम्भावना एकदम न्युन रहेको अनुमान गरिएको थियो ।

यो बसन्त ऋतुमा देखिने किरा हो तर अहिले गर्मीमा पनि नेपालमा देखियो । केही पहिले भारतमा देखिएको भन्दा फरक फरक प्रकृतिको किरा देखिएको भन्दै केसीले यसबारेमा ल्याबमा परीक्षण नगरी यसै सबै कुरा भन्न नसकिने बताए ।

नेपालमा देखिएसँगै नेपाली वैज्ञानिकहरुले पाकिस्तान र भारतका वैज्ञानिकहरुसँग पनि छलफल गरेका छन् । नेपालमा देखिएको सलह कीराको फोटो हेरेर पाकिस्तान र भारतका वैज्ञानिकले पनि यो सलह कीरा नै रहेको भनेका छन् तर यसको ल्याब परीक्षण नभएसम्म शतप्रतिसत सुनिश्चित गर्न नसकिने वैज्ञानिक डा.सुनिल आर्यालले बताए ।

नेपाल आएका सलह कीराले तरकारी र मकै बालीलाई नष्ट गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिन जरुरी देखिएको छ ।

सलहले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्ने बताइन्पार्ने बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर