Aamsanchar

पाथिभरा दर्शन गर्न हुनेभयो सहज

Author Image
सोमवार, असार २२, २०७७

ताप्लेजुङ । पूर्वको हिमाली जिल्ला ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा मन्दिर परिसरमा हिउँ र पानी छल्नका लागि फलाम र जस्तापाताको छाना लगाइएको छ । हिउँदको समयमा हिउँ र वर्षादको समयमा पानीका कारण पाथीभराको दर्शनमा पुग्ने तीर्थयात्रीलाई असहज हुने गरेको अवस्थालाई दृष्टिगत गरी मन्दिर परिसरमा ७५ मिटर लम्बाई पदमार्गमा उक्त छाना लगाइएको हो । पाथीभरा परिसरको प्रवेशद्वारदेखि मुख्य मन्दिरसम्म ट्रस्ट निर्माण गरिएको हो ।

प्रदेश १ सरकारको आर्थिक सहयोग र पाथीभरा क्षेत्र विकास समितिको साझेदारीमा ७८ लाख रुपियाँ बढी बजेटको लगानीबाट उक्त ट्रस्टवाला छाना लगाएको बताइएको छ । बन्दाबन्दीका कारण दर्शनार्थीको आगमन ठप्प भएको मौकामा पाथीभरा क्षेत्रमा ट्रष्टवाला छानासहित विभिन्न संरचना निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।उपभोक्ता समितिमार्फत संरचनाहरुको निर्माण कार्य गरिएको र निर्माण कार्य करिव सम्पन्न भएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । पाथीभरा दर्शनको मुख्य समयमा एकैदिन हजारौं दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।

असोज देखि मंसिर र फागुन देखि जेठ महिनामा ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पारिभरामा हिउ र बर्षा औषधमा धेरै हुने गर्छ । प्रवेशद्वारभन्दा बाहिरदेखि नै लाइनमा बस्नुपर्ने हुँदा वर्षादको समयमा झरी (वर्षा) र हिउँदमा हिमपातले दर्शनार्थीलाई निक्कै समस्या गराउने गरेको थियो ।ट्रस्टवाला छाना लगाएपछि वर्षा र हिउँले दर्शनार्थीलाई कुनै असर नगर्ने र अब पाथीभराको दर्शनमा उनीहरुलाई सहज हुने भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।यस्तै चालू आर्थिक वर्षमा ट्रष्टवाला छानासहित विभिन्न पाँचवटा योजना कार्यान्वयन गरिएका छन् ।

समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार मन्दिर परिसरभित्रै उपयुक्त प्रविधिको फोहोरमैला विसर्जन गर्ने केन्द्र र तीर्थालुहरु बस्नलाई आश्राम भवन निर्माण गरिएको छ ।त्यस्तै मन्दिर नजिक ठाडो उकालो रहेको पदमार्गलाई केही सहज हुनेगरी दुईसय ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको छ । माथिल्लो फेदीभन्दा तल गुराँसे र बलुडाँडा क्षेत्रका बासिन्दा तथा त्यहाँ पुग्ने तीर्थयात्रीको सुविधाका लागि खानेपानीको ट्याङ्की निर्माण गरिएको छ ।सबै संरचनाहरु प्रदेश १ सरकार र पाथीभरा क्षेत्र विकास समितिको साझेदारी कार्यक्रममार्फत आर्थिक लगानीमा निर्माण गरिएका हुन् ।

त्यस्तै गैर सरकारी संस्थाको रुपमा रहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले पनि पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाँडा बीचको पदमार्ग मर्मतसम्भार गरेको छ ।पाथीभरामा दुई सिजन गरी एकैवर्ष लाखौं तीर्थयात्री दर्शनमा जाने गरेका छन् । मुख्य सिजन दसैँ र तथा अर्को सिजन चैते दसैँ रामनवमीको समयमा पाथीभरामा तीर्थयात्रीको घुँइचो हुने गरेको छ । यसवर्ष भने बन्दाबन्दीको कारण दर्शनार्थीको आगमन शुन्य रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)