महायज्ञको छैटौँ दिन बुधवार संस्थागत र व्यक्तिगत रूपमा ३ सय २५ जनाले दान गरेका छन् । भने ९ वटा व्यक्तिगत तथा संस्थागत प्रतिबद्धता व्यक्त गरेका छन् । महायज्ञमा वीरेन्द्रनगर निवासी मनकारी दाताहरूको बाक्लो उपस्थितिले रौनकता थपेको छ । बुधवार महायज्ञमा क्याप्टेन दिनेश प्रतिष्ठानले सबैभन्दा बढी १ करोड रूपैयाँ ज्येष्ठ नागरिक मनोरञ्जन पार्क निर्माणका लागि दान प्रतिबद्धता गर्नु भएको छ । त्यस्तै कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतले १५ लाख ५१ हजार , भेरी नगरपालिका जाजरकोटका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले दुइ कोठा निर्माण गरिदिने प्रा. डा.डम्बर खड्काले एक कोठा निर्माण,राम कुमार पन्तले एक कोठा निर्माण , बारेकोट गाउँपालिका जाजरकोटका अध्यक्ष वीर बहादुर गिरिले एक कोठा निर्माण, जुनी चाँदी गाउँपालिका जाजरकोटका अध्यक्ष वेदबहादुर शाहीले एक कोठा, सानीभेरि गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष बर्खबहादुर विष्टले एक कोठा, खिमबहादुर रावत अध्यक्ष त्रिवेणी गाउँपालिका सल्यान एक कोठा निर्माण, नलगाड नगरपालिका जाजरकोटका नगरप्रमुख डम्बरबहादुर रावतले एक कोठा निर्माण गरिदिने प्रतिबद्धता गर्नु भएको छ ।
महायज्ञमा लालबहादुर रावतले –१ लाख ११ हजार १ सय ११,शरद पौडेलले – १ लाख ११ हजार १ सय ११ रूपैयाँ ,दुर्गाप्रसाद मैनालीले – १ लाख ११ हजार १ सय १५ रूपैयाँ, वीरेन्द्रनगर नगरपालिका वडा कार्यालयबाट अक्षय कोषका लागि १ लाख, ११ हजार, पिपला बुढाले १ लाख ५ सय ५५ रूपैयाँ दान गर्नु भएको छ ।
त्यस्तै मनकला सापकोटाले ५१ हजार, ५ सय ५ रूपैयाँ, पूर्णबहादुर टीकादेवी बुढा ५१ हजार १ सय ५५, लोकबहादुर र टीका ढकालले ५५ हजार ५ सय ५५, कृष्णप्रसाद आचार्यले ५१ हजार १ सय ५५, गायत्री जि.सी.र दिनेश अमगाईले ५१ हजार ५ रूपैयाँ १ सय ११ चन्द्रबहादुर भण्डारी – ५१ हजार, बालाराम पोखरेलले ५१ हजार १ सय, सेलेन्डाइन एकेडेमीले ५१ हजार ५ सय ५ गंगाबहादुर महतराले ५१ हजार १ सय ५, सहकारी तथा संस्थान सवारी चालकले ५१ हजार १ सय ११ कर्ण गिरिले ५५ हजार ५ सय ५५, ज्ञानकुमारी थापाले ५० हजार १ सय तिलकराज हमालले ५१ हजार ५ सय ५५, टेकबहादुर रावलले ५५ हजार ५ सय ५५, मणिराम र लक्ष्मी पौडेलले १ लाख ११ हजार १ सय ५१ रूपैयाँ, बलभद्र भारतीले ५१ हजार १ सय ११, धनसरी महतराले ५१ हजार १ सय ५, सुवास अधिकारीले ६ लाख ५१ हजार १ सय १५, प्रतापबहादुर खड्काले ५५ हजार २ सय ५५, भक्तबहादुर ढकालले ६ लाख ५५ हजार ५ सय ५५, सुर्खेत ढलान मिक्स्चर व्यवसायी संघले ५१ हजार १ सय ११, लक्ष्मी खड्काले ५१ हजार ५ रुपैयाँ, देवकुमारी भण्डारीले ५१ हजार १ सय २५, जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार १ सय ५१ लक्ष्मण, ढिला धमलाले ५१ हजार १ सय ५१, राधा अधिकारीले ५१ हजार १ सय ५५ नेपाल शिक्षक महासंघ जिल्ला समिति सुर्खेतले ५५ हजार ५ सय ५५ लगायत दान गर्नु भएको छ ।
आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन उपभोक्ता समितिले १८ हेक्टरभन्दाबढी जग्गा प्रदान गरिएको छ । महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ । महायज्ञमा प्रत्येक दिन ५ हजार दर्शकहरूले अवलोकन गर्ने गरेको आयोजक समितिले जनाएको छ । मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले कर्णालीमा प्रदेशस्तरीय भवन निर्माणका लागि मंसिर २१ शुक्रवारदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सञ्चालन गर्दै आएको हो । महायज्ञ मंसिर २८ मंसिरसम्म चल्नेछ ।