Aamsanchar

आजको मौसम

Author Image
बिहिवार, साउन १, २०७७

जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

पूर्वानुमानमा उल्लेख भए अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ।

यसैगरी, देशभर आँशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानहरुमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ । बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक९दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ । त्यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

र, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक – दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर