Aamsanchar

आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Author Image
शनिवार, साउन ३, २०७७

काठमाडौं। आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो।

महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख छ। साथै मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित रहेको छ।

देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

Views: 458

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२