Aamsanchar

पीसीआर परीक्षण प्रयोगशालाका लागि सहकारी अभियानको २५ लाख

Author Image
शनिवार, साउन १०, २०७७

विर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा नागरिक स्तरबाट स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि झापा जिल्ला सहकारी संघले सहकारी अभियान मार्फत २५ लाख रुपैयाँ प्रदान गरेको छ ।
सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा नागरिक स्तरबाट पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि झापा जिल्ला सहकारी संघले सहकारी अभियान मार्फत २५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो ।

त्यही घोषणा अनुसार शनिवार बिर्तामोडमा आयोजित कार्यक्रमका वीच झापा जिल्ला सहकारी संघले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का उपाध्यक्ष तथा कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का उपाध्यक्ष तथा कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा नागरिक स्तरबाट पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि झापा जिल्ला सहकारी संघले शुरु गरेको सहकारी अभियान प्रशंसनीय रहेको बताए ।
राष्ट्रिय सहकारी बैंक लेखा तथा सुपरिवेक्षण समितिका संयोजक समेत रहेका प्रमुख अतिथि उप्रेतीले सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा एकका लागि एक अभियानको अगुवाईमा झापाको कोटीहोममा पीसीआर ल्याव स्थापना हुनु झापावासीकै गौरवको विषय भएको वताए ।
उनले एकका लागि एक अभियानमा एनएमसी पनि सँगै रहेको बताउँदै एनएमसी एकका लागि एक अभियानमा जोडिएर महत्वपूर्ण सहयोग गर्ने र अभियान सफल बनाउन आफ्नो साथ रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
उनले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका एक सय भन्दा वढी संघसंस्था र एक हजार दुई सय भन्दा वढी व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड रुपैयाँ २० लाख रुपैयाँ भन्दा वढी रकम जुटिसकेको जानकारी दिए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा नागरिकस्तरबाट स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी अभियान मार्फत सहयोग गरिएको वताए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन नागरिकस्तरबाट कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । मेची अस्पतालको मातहतमा रहने गरी उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने बताउँदै उनले हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र ४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटीलगायतमा खर्च भएको बताए ।
अभियानका साझेदार संस्थाका सदस्यहरु कुमार भट्टराई, निर्मल भट्टराई, हरि शर्मा , अर्जुन चुडाल , सञ्जीव घिमिरे, राजेन्द्र चौलागाईं, प्रशान्त भण्डारी लगायतको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा मोटरसाइकल स्पेयर पार्टस व्यवसायी संघ समिति बिर्तामोडले २५ हजार रुपैयाँ प्रदान गरेको थियो । मोटरसाइकल स्पेयर पार्टस व्यवसायी संघ समिति बिर्तामोडका अध्यक्ष उपेन्द्र वानियाँ , उपाध्यक्ष निरज चुडाल , सचिव डिल्ली थापाले एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर कमिटी चारआलीले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेको थियो । उक्त रकम नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर कमिटी चारआलीका अध्यक्ष तोकप्रसाद दुलाल , सचिव गोपाल श्रेष्ठ ,सहसचिव घनश्याम वानियाँले एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
बस्नेत  कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर