Aamsanchar

रास्वपा काठमाडौं महानगरको पहिलो अधिवेशन सुरु

Author Image
सोमवार, जेठ १८, २०८३

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौं महानगरपालिकाको पहिलो अधिवेशन सुरु भएको छ ।

धुम्बाराहीमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ समितिको सभापतिमा शशी पन्त, गणपति लाल श्रेष्ठ र बिना तामाङले उम्मेदवारी दिएका छन् ।

काठमाडौं महानगरमा कुल ५२४ प्रतिनिधि संख्या रहेका छन् । उनीहरुले मतदान गर्नेछन् ।

निर्वाचनका लागि सन्तोष काफ्लेको संयोजकत्वमा सौरभ बस्नेत र स्वयंवर खड्का सदस्य रहेको निर्वाचन समिति बनाइएको छ ।

महानगर सभापति शशी पन्तका अनुसार संसदीय दलका उपनेता गणेश पराजुली अधिवेशनमा सहभागी हुनेछन् ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर