Aamsanchar

भारतीय अभिनेता सञ्जय दत्त अस्पताल भर्ना, पिअसिआर रिपोर्ट निगेटिभ

Author Image
आइतवार, साउन २५, २०७७

एजेन्सी । भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो ।

उनको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ । उनलाई आइसीयुको गैर कोभिड वार्ड राखिएको अस्पताल श्रोतलाई उदृत गर्दैदैनिक भास्करले जनाएको छ । अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । यद्यपि, दत्तको उपचार गरिरहेका चिकित्सक जलिल पारकर भने केही महिनाअघि कोरोना संक्रमित भएका थिए । उनी गत महिनामात्र कोरोनाबाट मुक्त भएका हुन् । उनले अभिनेता दत्तको अक्सिजन स्तर किन एक्कासि खस्कियो भन्ने कुराको परीक्षण भैरहेको बताए ।

कोरोना संक्रमणको आशंका गरिएको भएपनि उनको कोरोना परिक्षणको रिपोर्ट भने निगेटिभ आएको उनी आफैले जानकारी दिएका छन् । उनले आफ्नो कोरोनाको पिअसिआर रिपोर्ट निगेटिभ आएको बताउदै आफु ठिक भएको जानकारी दिएका छन् । उनले आफु केहि दिनमा नै घर फर्किने बताएका छन् ।

लकडाउनका कारण संजय दत्तकी श्रीमती मान्यता र उनका छोरा छोरी भने अहिले दुबईमा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर