Aamsanchar

बाढी–पहिरोको जोखिम बढयो, तिन दिनको मौसम विवरण यस्तो छ

Author Image
आइतवार, साउन २५, २०७७

प्रतिकात्मक फायल तस्वीर गुगलबाट

साउन २५ गते (आईतबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती :देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २६ गते (सोमबार)
दिउँसो :देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू(भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २७ गते (मंगलबार)
दिउँसो : देशभर आशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

यी क्षेत्रमा बाढीको जोखिम
हाल कैलाली, कञ्चनपुर, बर्दियाका धेरै स्थानमा रातिदेखि नै अतिभारी वर्षा भइरहेको छ । त्यस्तै टिकापुर आसपास डुबानको उच्च जोखिम रहेको नेपाल बाढी सूचनाले जनाएको छ ।

कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर नदीको तटीय क्षेत्रमा सतर्क रहन राति २ बजे नै एमएस पठाएको थियो । काठमाडौं उपत्यकामा पनि निरन्तर वर्षा भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर