Aamsanchar

किसान र मजदुरका समस्या समाधान गर्न झापाका नेताहरुको सामूहिक प्रतिबद्धता

Author Image
शुक्रवार, साउन ३०, २०७७

 

झापा । रासायनिकको मल अभाव र चिया मजदुरको समस्या समाधानमा पहल गर्ने झापाका राजनीति दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

झापामा रासायनिक मलको चरम अभाव भइरहेका बेला तत्काल मलकोे समस्या समाधान गर्न पहल गर्न आफूहरुले पहल कदमी लिने राजनीतिक दलका नेताहरुले प्रतिबद्धता जनाउदैं आइतबार जिल्ला प्रशासन कार्यालयलमा सामूहिक छलफल गर्ने निकर्ष निकालेका छन् ।

संवाद समूह झापाको संयोजन तथा संघीय लिम्बूवान मञ्च झापाको पहलमा आज (शुक्रबार) बिर्तामोडमा भएको कार्यक्रममा राजनीतिक दलका नेताहरुले किसानहरु मल अभावका कारण समस्यामा पर्दै गएको बताए । बेलैमा वर्षाभएको र रोपाई सकेपनि रासायनिक मलको अभाव भएकाले तत्काल मल उपलब्ध नभए बाली खेर जाने अवस्थामा पुगेको नेकपाका झापाका कार्यालय सचिव शिव ढुङ्गेलले बताए । उनले किसान र चिया मजदुरको समस्या समाधानमा आफ्नो पार्टीले जस्तो सुकै सहयोग गर्न तयार रहेको धारणा ब्यक्त गरे ।

उनले किसान र मजदुरको समस्या समाधानका लागि सबै राजनीतिक दलहरुलाई एकै ठाउँमा ल्याएर छलफलको माध्यमबाट संवाद समूहले सहजिकरण गर्दै आएको र वर्तमान जल्दो बल्दो समस्याको रुपमा रहेको चिया मजदुको ज्याला तथा किसानले रासायनिक मलको अभाव भोगि रहेको अवस्थामा राजनीतिक दलहरुलाई एकताबद्ध बनाउदैं साझा धारणाका साथ अघि बढाएको भन्दै संवाद समूहको प्रशंसा गरे ।

त्यस्तै नेपाली कांग्रेसका नेता देउमान थेवेले किसान र मजदुरको समस्या समाधानका लागि प्रजिअसंग छलफल गरेर समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए । उनले वर्षौदेखि चिया मजदुरको समस्या समाधानमा उद्योगी उदासिन भएको र वर्तमान अवस्थामा सरकार किसानलाई रासायनिक मल उपलब्ध गराउन असफल भएको आरोप लगाए । उनले किसानको समस्या समाधान गर्न स्थानिय, प्रदेश र संघिय सरकार गम्भिर बन्नुपर्ने धारणा ब्यक्त गरे । उनले चिया मजदुरका समस्या समाधानका लागि यसअघिका सम्झौताको अक्षरस पालना भएमा समस्या समाधान हुने विश्वास ब्यक्त गरे ।

नेकपा मालेका केन्द्रिय सदस्य नवराज खरेलले चिया मजदुर र किसानको समस्या समाधान गर्न आफ्नो पार्टी जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता जनाए । जनता समाजबादी पार्टीका अध्यक्ष अनुतसिंह राजवंशीले किसान र मजदुरका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयसंग समन्व्य गर्दै निकास निकाल्नुपर्ने बताए ।उनले किसानलाई वितरण गर्ने रासायनिक मलको वितरणमा विभेद गर्न नहुने विचार ब्यक्त गरे ।

कार्यक्रममा राप्रपा झापाका सचिव केशव ओझा, मौलिक जरोकिलो पार्टीका अध्यक्ष इन्द्रप्रसाद ओली, संघिय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा,राष्ट्रिय जनमुक्ति पार्टीका पूर्वअध्यक्ष पर्शुराम मगर लगायतले मजदुर किसानहरुका समस्याहरुलाई राजनीतिक दलहरुले एकभई समस्या समाधानका लागि सहयोग गर्ने र तत्काल प्रशासनको सहयोग लिई ठोस निकर्षमा पुग्न आफूहरुले पहल गर्ने सामूहिक प्रतिबद्धता समेत जनाए ।

संवाद कार्यक्रममा चिया बगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दिपक तामाङ, जिफन्टका प्रदेश उपाध्यक्ष सन्तकुमार राई, अखिल नेपाल टे«ड युनियन महासंघका प्रदेश संयोजक भूपाल सापकोटा समेतले चिया मजदुरका समस्याका बारेमा राजनीतिक दलका नेताहरुलाई अवगत गराउदैं समस्या समाधानका लागि सहयोग गरिदिन अपिल गरे । कार्यक्रममा नेपाल किसान संघका सचिव मेदनी सिटौला र बिर्तामोड नगरपालिका कृषि शाखाका राजेन्द्र कडरियाले समस्या अवगत गराउदैं यसको निकासका लागि सबै राजनीतिक दलहरु एक भएर अघि बढनुपर्नेमा जोड दिए । कडरियाले अहिले धानबालीमा अधिक वर्षाका कारण राते र सेते रोग देखा परेकाले समस्यमै यसको निधानका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।

झापामा समसामयिक विषयमा राजनीतिक दलहरुले एकआपसमाबसी संवाद गरि निकर्षमा पुग्ने संकृतिलाई अभ्यासको रुपमा यो छलफलको कार्यक्रमको आयोजना संघिय लिम्बूवान मञ्च झापाले गरेको र आगामी कार्यक्रमहरु यसैगरी आलोपालो अर्को राजनीतिक दललले गर्न सकिने सहजिकरणको क्रममा अध्यक्ष धनबहादुर पंधाकले बताए । कार्यक्रम संवाद समूह झापा अधिवक्ता खगेन्द्र खरेल र संघिय लिम्बुवान मञ्चका अध्यक्ष पंधाकले संयुक्त रुपमा सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)