आज (शनिबार) देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले बिहान पनि प्रदेश नम्बर २ र सुदूरपश्चिमबाहेक बाँकी सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् श्रेष्ठका अनुसार आज देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने गण्डकी, ५ नम्बर, बागमती र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ।


Views: 255

