Aamsanchar

भारी वर्षाको सम्भावना छ, आगामी २४ घण्टा सतर्क रहौं : मौसम पूर्वानुमान महाशाखा

Author Image
बुधवार, भदौ ३, २०७७

देशका धेरै स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेकाले आगामी २४ घाण्टा (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म) सतर्क रहन भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।

महाशाखाले जारी गरेको २४ घण्टे चेतावनी तथा परामर्शमा भनिएको छ– बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२