Aamsanchar

 ह्याप्पी लर्निङ प्याक, ५०० रुपैयाँमा ३५ जीबी डेटा

Author Image
बिहिवार, भदौ ४, २०७७

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले बुबाको मुख हेर्ने दिनको अवसरमा ह्याप्पी लर्निङ प्याक सार्वजनिक गरेको छ । कम्पनीले कोभिड १९ को महामारीको समयमा विद्यार्थीहरुको पठनपाठनमा सघाउ पुर्याउने उद्देश्यका साथ यो नयाँ प्याक ल्याएको हो ।

निकै सस्तो मूल्यमा उपलब्ध हुने यो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको अनलाइन पठनपाठनमा सहयोग पुग्ने कम्पनीको विश्वास छ । यसअन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डेटा उपलब्ध हुनेछ ।

२४ जीबी डेटामध्ये २० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गूगल मीटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा प्रयोग गर्न सकिनेछ ।

३५ जीबीको अर्को प्याकेजमा ३० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गूगल मीटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले यहाँ क्लिक गरी ईमेल पठाउनुपर्नेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर