Aamsanchar

बाढी पिडित ताराको सहारा बन्यो मेचीअभियान

Author Image
शुक्रवार, भदौ ५, २०७७

घर शिलन्यास पुजा गर्दै क्रमस् नगर प्रमुख चन्द्र शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र अभियानका संयोजक विजय डालमिया ।

चारपाने। कनकाई नदीले विस्थावित बनाए पछि विचल्लीमा परेकी तारा शेर्माले नयाँ घर पाउने निस्चित भएको छ ।  यस अघि घोषणा मात्र गरिएको थियो भने आज शिलन्यास भई काम सुरु भएपछि घर बन्ने निस्चित भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नं. १० कनकाई नदीको पस्चिमतटमा गत असार १२ गते आएको बाढीका कारण घरबार विहिन बनेकी शेर्माको घर निर्माणमा शिवसताक्षी नगरपालिका र मेची अभियानको सक्रियता रहेपछी निर्माण सुरु भएको हो । नगरपालिकाले शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित जनता आवास क्षेत्रमा जग्गा उपलब्ध गराएको छ । सोही जग्गामा मेची अभियानले घर निर्माणकार्य सुरु गरेको छ ।

जनता आवस कार्यक्रमबाट बनाईएका घरहरु, बाढी पिडित ताराको घर पनि यस्तै बन्ने भनिएको ।

शुक्रबार एक कार्यक्रमकाबीच शेर्माको घर शिलान्यास गरिएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, मेची अभियानका संयोजक विजय डालमियाले संयुक्तरुपमा ताराको घरको शिलान्यास गरेका छन् ।

बाढीबाट विस्थापित ताराकालागि अभियानले टिनको छाना, ३ वटा कोठा र एउटा शौचालय सहितको पक्कि घर निर्माण गरिदिने भएको छ । उक्त घर निर्माणको अनुमानित लागत ७ लाख पर्ने बताईएको छ । समय प्रतिकुल नभएको खण्डमा आउदो तिहार भन्दा अगाडिनै घर निर्माण सम्पन्नगरी हस्तान्तरण गर्ने योजना रहेको अभियानका संयोजक डालमियाले बताएका छन् । सो क्षेत्रमा हाल १२ वटा घर समेत निर्माण गरिएको छ ।

अभोद बालकलाई साथमा लिएर घर निर्माण परिसरमा उपस्थित बाढी पिडित तारा शेर्मा ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख शेर्मा, उपप्रमुख नेपाल सहित वडा नम्बर ११ का वडाध्यक्ष भैरव श्रेष्ठ, ६ नम्बर वडाका वडाध्यक्ष मनोज खुलाल, बाढी पीडित परिवार लगायत सञ्चारकर्मीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर