Aamsanchar

दुर्गेश थापाले भने म आलुजस्तो गायक, गीतबाटै मागे क्षमायाचना

Author Image
शुक्रवार, भदौ ५, २०७७

केही समय अगाडी तीज गितमा साडीलगाएर गरेको अभिनय र गीतमा समावेस गरिएको सब्दलाई दिएर र अर्को गीतमा ‘हयाप्पी तिहार चिसो बियर’ बोलको गीत सार्वजनिक गरेसँगै विवादमा फसेका  दुर्गेश थापाले नयाँ गीत मार्फत दर्शकहरु संग क्षमायाचना गरेका छन ।

उनलै आफूलाई आलुजस्तो गायक भनेका छन् त्यस्तै  नमेरी आमाले स्कुल देखेको न मेरो बाबाले गीत लेखेको, काहाँबाट सिक्नु खै मैले सुरताल नगर सवाल, हो हो माले भन्ने मान्छे गायक भयो बबाल, त्यसैगरी न बनको कोईलीले सरगम जान्दछ, न कागले आफैलाई कम्जोर ठान्दछ, आफ्नै सुरले सुसेछ प्रकृतिले धुन, खोलानाला हावाहुरी मेरै गुरु हुँन, अरुलाई पछ्याउनु चलनचल्ती हो, उ जस्तै नहुनु मेरै गल्ती हो, नौमती बाजालाई जन्त पठाईन्थ्यो रत्यौली सुनेर ग्यालिन ठटाईन्थ्यो, २२ सालमा उठबस नाच्न सिकेको, छेउटुप्पा नमिलाई टुक्का झिकेको, कहिलेकाँही सुरसाधक पर्छनहोला चित, आलु जस्तो गायक पनि हुँदो रहेछ हिट जस्ता सब्दहरुबाट क्षमायाचना गरेका छन ।

दुर्गेशको नयाँ भिडियो रिलिज भएको २४ घण्टा मै ट्रेन्डिङ्ग १ मा परेको छ ।

आलुजस्तो नाम दिईएको भिडियोको मेकिङभने अत्यन्तै राम्रो छ । भिडियो पोष्ट गरिएको च्यानलमा यस्तो लेखाएकाछन दुर्गेशले । नमस्कार यस (आलु जस्तो गायक) भित्र प्रयोग भएको दृष्य सहितको प्रतिक्रियामा अग्रज गायक आदरणीय रामकृष्ण ढकाल, यम बराल, आदरणिय संगीतकार आलोक श्री र गायिका दिज्जु अन्जु पन्तका सुझावहरू अमृत सरी लिएको छु र उहाँहरू प्रति न्यानो मायाको लागि आभारी पनि छु र मैले भुल्नै नहुने सन्दर्भ हो हो माले रेडियो साउन्ड आदरणिय नेपाली लोक गीतका पिता धर्मराज थापा बाट सृजना गरिएको र गाईएको ऐतिहासिक मौलिक प्रतिनिधि गीत हो हरियो डाँडामाथि हलो जोत्ने साथी आज त्यहि साथि पनि हलो जोत्दा जोत्दै समय र प्रविधि को प्रयोगले गीत गाउने बनाईदियो भन्न मात्र खोजेको हुँ उहाँ प्रति मेरो नतमस्तक सम्मान मैले कहिकतै आग्रह पूर्वाग्रह नराखी उहाँ प्रति अपमान गर्ने नियत नभएको स्पष्ट पार्न चाहन्छु, धन्यबाद।
जय जननि, जय लोक गीत, जय सुन्ने गीत जय नाच्ने गीत जय संगीत

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 364

प्रतिक्रिया (०)

सम्बन्धित खबर