Aamsanchar

आज बुधाष्टमी व्रत

Author Image
बुधवार, भदौ १०, २०७७

कोरोनाको कारण घरभित्रै छौं, भौतिक रुपमा पर रहेपनि यस महामारी बिरुद्ध लड्न र मानवताको जर्गेनार्थ हाम्रो एैक्वद्धता थप मजवुत भएको छ । यस वर्षको बुधाष्टमी व्रतमा स्वागत छ, यस व्रतमा बिशेषत शिव पार्वतीको अर्चना गर्ने चलन रहन्छ, यस दिन व्रत बस्नाले मृत्यूपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरुले आफ्ना भावना र कामनाहरु राख्ने चलन हुन्छ, यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनुपर्दछ । यस दिन बुध ग्रहलाई विशेष नैवेध अर्पण गरिन्छ र पूजा सकिएपछि मात्र यि नैवेधहरु लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ ।

यसका अलावा भगवान बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ । बुद्ध अष्ठमी व्रतका महिमाहरु ब्रह्माण्ड पुराणमा पाइन्छ, बुध ग्रहको दोष भएका मान्छेहरुका लागि यस दिन विशेष फल दिने दिन रहन्छ । सबैजनालाई बुद्धअष्ठमीको अनेक शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१