Aamsanchar

ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एक महिलाको मृत्यु

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

जाजरकोट – ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा गम्भीर घाइते भएकी जाजरकोट नलगाड–२ छेप्का निवासी ४२ बर्षीया माया जैसीको उपचारका क्रममा काठ्माण्डौमा निधन भएको छ । घाइते भएका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

गत चैत्र २९ गते खाना पकाउने ग्याँस लिक भई आगलागी हुँदा नलगाड नगरपालिका–२ छेप्काका माया जैसी, रुपा जैसी र रमेश गौतम गम्भीर घाइते भएका थिए । जाजरकोटमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको थियो ।

नेपालगञ्जमा पनि उपचार हुन नसकेपछि काठमाण्डौंको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा पुर्‍याइएको थियो । उपचारका क्रममा रहेकी उनको मंगलवार विहान निधन भएको उनका पति ठालुप्रसाद जैसीले बताए । घाइते अन्य दुई जनाको भने उपचार भइरहेको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर