Aamsanchar

आज वामन द्वादशी

Author Image
शनिवार, भदौ १३, २०७७

भाद्र शुल्क पक्षको द्वादशीलाई वामन द्वादशी या वामन जयन्ती भन्ने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। धर्तिमा अन्याय र अत्त्याचार बढ्दै गएपछि, भगवानले कुनै न कुनै अवतारमा आएर त्यो अत्त्याचार गर्ने शैतानको विनास गरेको धेरै कथाहरु हामीले सुनेका छौ। भगवान विष्णुले अरु अवतार जस्तै वामन अवतार पनि यस्तै शैतानी शक्तिको विनास गर्न लिनुभएको थियो।

वामन अवतारलाई भगवान विष्णुको एउटा महत्वपूर्ण अवतार मानिने गरिन्छ। एकजना अत्याचारी दैत्यराजा बलिले देवलोकसँग युद्ध गरेर देवताहरुलाई नै पराजित गर्न थालेपछि भगवान इन्द्र विष्णु भगवान समक्ष आफ्नो समस्या लिएर पुगेका थिए। त्यसपछि भगवान इन्द्र मार्फत दैत्यराजा बलिको सबै अत्याचारको बारेमा बुझेपछि भगवान विष्णुले आजको तिथिमा माता अदितिको गर्भबाट जन्म लिएर बलिको विनास गर्ने आश्वाशन दिएर पठाए। भगवान इन्द्रलाई दिएको वचन पुरा गर्दै आज भाद्र शुल्क पक्षको द्वादशीको दिन माता अदितिको गर्भबाट भगवान विष्णुको वामन अवतारको जन्म भएको हो।

त्यसपछि कश्यप ऋषिहरुसँग आफ्नो संस्कार सिकेका भगवान वामनले महर्षि पुलहसँग यज्ञोपवीत, अगस्त्यसँग मृगचर्म, मरीचिसँग पलाश दण्ड, आंगिरससँग वस्त्र, सूर्यसँग छत्र, भृगुसँग खड़ाऊं, आफ्नो गुरुसँग कमण्डल,माता अदिति सँग कोपीन, सरस्वतीसँग रुद्राक्ष माला तथा कुबेरसँग भिक्षा पात्र लिएपछि आफ्नो पितासँग आज्ञा लिएर दैत्यराजा बलिलाई भेट्न गएका हुन्। त्यतिबेला दैत्यराजा बलि नर्मदा नदिको उत्तरी तटमा अश्वमेघ यज्ञ गरिरहेका थिए।

भगवान वामन त्यहाँ एउटा जोगीको रुपधारण गरेर पुग्छन र राजा बलिसँग भिक्षा माग्छन। यज्ञ गरेर बसिरहेका बलिले वामन भगवान त्यहाँ आउनेबित्तिकै यज्ञको प्रकास उज्यालो भएको देखेर अचम्म मान्दै वामन भगवानसँग आफुलाई चाहिएको भिक्षा माग्न अनुरोध गरे। राजा बलिले त्यस्तो अनुरोध गरेपछि, भगवान वामनले बलिसंग ३ पाइला भुमि माग्दछन्। बलिले सहजै उनलाई ३ पाइला भुमि दिने वचन दिन्छन्। भगवान वामनले पहिलो पाइलामा स्वर्ग अनि दोश्रो पाइलामा धर्ति नापेको देखेपछि तेश्रो पाइलाको लागि बलिले आफ्नो शिर अगाडी गर्छन र वामन भगवानलाई आफ्नो मश्तिश्क नाप्न आग्रह गर्छन। सबैथोक गुमाईसकेको बलिले त्यसरी आफ्नो शिर अगाडी राखेको कुराले भगवान वामनलाई प्रशन्न पार्दछ अनि भगवान वामनले बलि राजालाई पातालको राजा बनाएर पातालमा स्थान दिन्छन्।

त्यसैले पनि भगवान इन्द्र र अन्य देवलोकलाई दैत्यराजा बलिबाट मुक्ति देकोमा भगवान विष्णुको वामन अवतारको निक्कै महत्व रहेको पाइन्छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 633

प्रतिक्रिया (०)

सम्बन्धित खबर