Aamsanchar

देशभरका कार्यालयका लागि एकीकृत व्यवस्थापन प्रणाली सुर गरिने

Author Image
शनिवार, भदौ २०, २०७७

काठमाडौं । देशभरका सरकारी कार्यालहरुलाई एउटै विद्युतीय प्रणालीमा जोड्ने उद्धेश्यले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (ईन्टीग्रेटेड अपिस म्यानेजमेन्ट सिस्टम) आउने भएको छ । एप्लिकेसनहरु दोहोरिनुका साथै खर्च पनि उल्लेख्य बढेपछि भएपछि सरकारले एउटै व्यवस्थापन प्रणाली ल्याउन लागेको हो ।

यसअन्तर्गत ई(हाजिरी, ईन्भेन्टरी, मिटिङ म्यानेजमेन्ट, डकुमेन्ट म्यानेजमेन्ट लगायतका सिस्टम एकीकृत गरिनेछ । सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले यसपालीको बजेटमा यो विषय प्राथमिकता परेको जानकारी दिए ।

अहिलेसम्म सरकारी कार्यालयहरुले छुट्टाछुट्टै रुपमा यसमा खर्च गरिरहेका छन् । यस्ता दोहोरिने काम वा मोड्युलहरुलाई एकीकृत प्रणालीमार्फत् सिंगल लगईनबाट सञ्चालन गर्न सकिने गरी नेपाल इन्टीग्रेटेड अफिस सिस्टम ल्याउन लागेका छौं,’ महानिर्देशक श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार एक दर्जनभन्दा बढी काम यो प्रणालीबाट गर्न सकिनेछ । केही समयमै यो परियोजना सुचारु गरिने पनि उनले जनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर