Aamsanchar

‘राज्यका योजनालाई नागरीहरुको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो’

Author Image
सोमवार, भदौ २२, २०७७

नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस । बिसं २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो, बास्तवमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ ।

निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुवाट ब्यवहारले सुशाशन र प्रशासन प्रति जनविश्वास जाहेर गर्दछ । जर्मनका विश्वप्रसिद्ध समाजशास्त्री एवं दार्शनिक म्याक्श वेवरले कर्मचरीतन्त्र या भनौ निजामतीतन्त्रलाई आफ्ना विभिन्न पुस्तक र विचारहरुमा एकदमै गहन, संवेदनशील र आदर्श कर्मचारीतन्त्रका रुपमा ब्याख्या गरेका छन् ।

उनका अनुसार राज्यको इच्छा लाई साकारतुल्याउन अनि राज्यलाई नागरीहरुको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो । राज्य भनेको आफैमा कुनै छुटै कुरा नभइक्न हामीले चुनेर पठाएका प्रतिनिधीहरु र तिन्को जनताप्रतिको अभिारा वहन गर्ने निकाय हो, कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका मिलेर राज्यकालागी चाहिने नियम कानुनको निर्माण, त्यस्को पालना अनि कानुन विपरित गर्नेहरुलाई दण्ड सजायको ब्यबस्था गर्ने गर्दछन् । राज्य चलाउनमा चौतर्फी हात जनताको हुने कुरा प्रजातान्त्रि अभ्यासले सुनिश्चिित गरेको भएतापनि नेपालको हकमा धेरैजसो सामान्य जनताहरु सहज प्रशाशन अनि सुलभ राज्यको पहुँचमा छैनन ।

राज्य अहिले पूर्नसंरचनाको क्रममा छ र यस क्रममा निजामति कर्मचारीहरुको भुमिका अझै महत्वपूर्ण छ, अर्कोतर्फ राज्यले पनि कर्मचारीलाई जिवन चलाउन सक्ने वेतन प्रदान गर्न सकोस ताकि उनिहरुले आफ्नो दायित्व पूरा गर्न कुनै चोरवाटो अवलम्बन गर्ने जरुरत नहोस । बनेका प्रतिवेदन र योजनाहरु लागु फाइलमा मात्र थन्किनको साटो लागु होस्, नयाँ नेपाल श्रृजनामा निजामती कर्मचारीको आदर्श र मनोवलमा कतैवाट आँच नआओस । हामीमध्य धेरैजना हातमा लोकसेवाका पुस्तक र पाठ्यक्रम लिएर भविष्यमा निजामती सेवामा कार्य गर्न चाहना राखिरखेका छौँ, भोलि गएर निजामति सेवालाई अझ प्रभावकारी र स्वच्छ वनाउने हाम्रो उत्कट चाहना रहन जरुरी छ । मुख्यतया हामीले तीरेको करवाट चलेको यो कर्मचारीतन्त्र जनतामुखी होस, राजनिती र कर्मचारीतन्त्रविच स्पष्ट सिामङ्कन होस, एउटा पारदर्शि, सेवामुखी र भ्रष्टाचारविहिन प्रशाशनको परिकल्पना पूर्ण होस ।

निजामती कर्मचारीको पारदर्शिता र चुस्तता सदैव कायम होस् , यस दिवसको सबैलाई शुभकामना सबैलाई शुभकामना

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)