Aamsanchar

स्वास्थ्य प्रति सचेत भान्सेले पाकेको फर्सी पकाउनु पर्छ

Author Image
बुधवार, भदौ २४, २०७७

तँपाई हामी सँबैको भान्सामा सहजै उपलब्ध गराउन सकिने तरकारी हो फर्सी । स्वास्थ्यका दृष्टिकोणले पनि फर्सी निकै गुणकारी छ । फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ ।

जानौं फर्सीका फाइदाहरु
> फर्सीले कार्डियोभास्कुलर रोगमा फाइदा पुर्याउनुको साथै तनाव पनि कम गर्छ ।
> फर्सीमा फाइबर, भिटामिन ए, सी र ईसहित अन्य पौष्टिक पदार्थ पनि प्रशस्त हुन्छ ।
> स्मरणशक्ति बढाउन मद्दत गर्छ ।
> २५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ ।
> फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्छ ।
> फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ । यसको बियाँमा मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ ।
> यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न मद्दत गर्छ ।
> फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले शरीरलाई स्वस्थ, स्मरणशक्तिमा वृद्धि, हाडलाई बलियो बनाउन मद्दत गर्छ ।
> पहेँलो भएर पाकेको फर्सी सेवन स्वास्थयका लाथि झन् फाइदाजनक हुन्छ ।
> यसमा हुने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावनालाई रोक्छ भने मुटु रोगीका लागि समेत फाइदा गर्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 414

प्रतिक्रिया (०)

सम्बन्धित खबर