Aamsanchar

खान जाने आलु औषधि, नजाने मन्द बिष

Author Image
शनिवार, असोज ३, २०७७

नेपाल समाजमा सायदै आलु मन नपराउने मानिस कमै होलान् । भलै सकैलाई विभिन्न स्वास्थ्य समस्याका कारण प्रयोग गर्न मिल्दैन । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई रुचाउँछन् ।

यतिमात्रै होइन आलुबाट विभिन्न थरी स्वादिला परिकारहरु बनाउन सकिने र जुनसुकै तरकारीमा पनि यसलाई मिसाउन सकिने भएकाले आलु सर्वप्रिय छ । सबैले मनपराउने र स्वादिलो तरकारी आलुलाई तरकारीको राजा त्यसै भनिएको होइन । यो धनीदेखि गरिब सबैको भान्छामा नियमित पाक्छ ।
आजभोली मझौलादेखि ठुला होटल हरुमा आलुको सेकुवा पनि उपलब्ध हुन थालेको छ, आलु पोलेर तयार परिने नयाँ परिकारको विकास पनि भएको छ ।  आलु स्वादमा मात्रै अब्बल छैन यसबाट अरु धेरै किसिमका स्वास्थ्य लाभ पाउन सकिन्छ । हाम्रो देशमा मात्रै होइन विश्वभरमा सबैभन्दा धेरै आुलको सेवन गरिन्छ ।

आलुको सेवनले पाचन प्रक्रियामा सुधार, मुटुको स्वास्थ्य राम्रो बनाउने, कोलेस्टेरोलको स्तर कम गर्ने, रगतमा सुगर लेभल नियन्त्रण गर्ने र क्यान्सरलाई रोक्न मद्धत मिल्छ ।
यस बाहेक आलुले रक्तचाप कम गर्छ, अनिन्द्रा हटाउँछ, प्रतिरक्षा प्रणालीलाई मजबुत गर्छ र उमेर बढ्दै गएको देखिने संकेत कम गर्छ, तरल सन्तुलन बनाइराख्छ ,छालाको रक्षा गर्छ र आँखाको हेरविचारमा सहायता गर्छ ।
आलूमा सबै महत्वपूर्ण पोषक तत्वहरु हुन्छन् । आज हामी तपाईंलाई आफ्नो खानामा आलुलाई किन समावेश गर्ने भनेर भन्न गइरहेका छौं । चिकित्सकहरुले पनि हरेक व्यक्तिले दैनिक कम्तीमा पनि ! आलुको सेवन गर्नुपर्ने सल्लाह दिन्छन् ।

कस्तो आलु खाने कस्तो नखाने
आलुको सेवन गर्दा हामीले विशेष ध्यान दिनुपर्छ, टुसा उम्रिएको र हरियो आलु विषाक्त

पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने आलुमा भिटामिन सी, भिटामीन बी६, पोटासियम र म्यानगनिजको पनि राम्रो स्रोत हो । भुटेर, तारेर, पकाएर, उसिनेर वा पोलेर जसरी पनि खान मिल्ने आलुको सेवन गर्दा धेरै क्लालोरी उर्जा प्राप्त गर्न सकिन्छ ।
तर, आलुको सेवन गर्दा हामी विशेष ध्यान राख्नुपर्ने हुन्छ होइन भने यसले हाम्रो स्वास्थ्यमा हानी गर्न पनि सक्छ । आलुको मुलरुपमा परिवर्तन आएको छ भने त्यस्तो आलु खानु हुँदैन ।

विशेषगरी केही भागमा हरियो भएको आलु खान हुँदैन । माटोमुनि फल्ने आलु यसै पनि हल्का माटो युक्त हुने हुनाले राम्रोसँग धोएपछि मात्रै यसको रंग देख्न सकिन्छ ।
यदि आलुको रंग खैरो, रातो भन्दा फरक हरियो, बैजनी र वा कालो छ भने त्यो आलु अब खान लायक छैन ।
त्यसमा न्यूरोटक्सिनको मात्रा बढेको छ । र यस्तो आलु खाएमा विभिन्न समस्याहरु हुन्छ । आउनुहोस् जानीराखौं कुन खालको आलु खानबाट बँच्नुपर्छ र खाएमा कस्तो कस्तो

स्वास्थ्य समस्या हुन्छः
हरियो आलु हुन्छ खतरनाक
आलुको रंग यदि हरियो देखियो भने यो खराब भएको छ । हरियो आलु क्यान्सरको कारण बन्न सक्छ ।
आलु हरियो त्यतिखेर हुन्छ जब यो माटोबाट बाहिर निस्कन्छ र सूर्यको किरण त्यसमा सिधै पर्छ । यसले आलुमा सोलनिन लेभल बढ्छ । त्यसैले आलुलाई सँधै घामको किरण सिधै नपर्ने तथा चिसो स्थानमा राख्नुहोस् । यसो गरेमा आलु लामो समयसम्म सुरक्षित रहन्छ ।

हुन सक्छ क्यान्सर
आलुमा क्लोरोफिल र सोलनिन नामक एसिडको मात्रा बढी छ भने यसको सेवन गर्नाले उल्टी, डायरिया, टाउको दुख्ने वा क्यान्सरसम्म हुन सक्छ ।
हरियो रंगको आलु खाएपछि ३० मिनेटसम्म असर देखिन सुरु हुन्छ । कहिले कहिले यसमा ८(१२ घन्टा पनि लाग्न सक्छ । ग्यास्टोइन्टेस्टाइनल र न्यूरोलोजिकल लक्षण सबैभन्दा पहिले नोटिस गर्न सकिन्छ ।

 चाउरी परेको आलु नखानुहोस्
कहिलेकाँही पटक आलु धेरै समय भण्डार गरेर राख्दा चाउरी पर्छ । यस्तो त्यतिखेर हुन्छ जब आलु धेरै दिनसम्म राखिएको हुन्छ । चाउरी परेको आलु खान पनि स्वास्थ्यको लागि हानीकारक हुन्छ किनभने यसको सेवनले शरीरमा टक्सिन फैलन थाल्छ ।

टुसा उम्रिएको आलु पनि नखानुहोस्
टुसा उम्रिएको आलु खान पनि स्वास्थ्यको लागि हानीकारक हुन्छ । टुसा उम्रिएको आलुमा सोलनिन र ग्लाइकोलोकाल्ड्स नामक एसिड परिवर्तन हुन्छ । जुन स्नायू प्रणालीको लागि धेरै हानीकारक हुन्छ । त्यसैले टुसा उम्रिएको आलु खेतमा रोप्नको लागि त ठिक हुन्छ तर, खानको लागि ठिक हुदैँन ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ

यी हुन आलु खानुका मुख्य फाइदा
 रक्तचाप
रक्तचाप नियन्त्रणमा राख्नको लागि कम सोडियम आहार आवश्यक छ तर पोटेसियमको उच्च मात्रा पनि समान रुपले महत्वपूर्ण हुन्छ । पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँछ । पोषक तत्व जस्तै क्याल्सियम र म्याग्निसियम सबै आलुमा पाइन्छ । यसले स्वभाविक रुपले रक्तचापलाई नियन्त्रित गर्नमा मद्धत गर्छ ।

 क्यान्सरबाट बचाउँछ
आलुमा फोलेट हुन्छ । डिएनएको संश्लेषण र मर्ममा फोलेटले एक महत्वपूर्ण भूमिका निभाउँछ । यसले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तको कारण बनाउनबाट रोक्छ ।
फल र सब्जीहरुका सथौ आलुपनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्छ । आलुमा पाइने भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्टले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।

 मुटुको स्वास्थ्य
आलूमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ । आलुमा फाइबरको महत्वपूर्ण मात्रा रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ । आधारमा कार्डियो भास्कुलर बिरामीहरुको खतरा लगभग बराबर हुन्छ ।

मस्तिस्कको लागि फाइदाकारी
मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसिडमा निर्भर गर्छ ।आलुमा यो सबै तत्व पाइन्छ त्यसैले आलु मस्तिस्कको लागि पनि धेरै लाभकारी छ भन्दा फरक नपर्ला । आलुले मस्तिस्कलाई थाक्नबाट रोक्छ र तपाईंलाई हरेक समय सतर्क राख्छ ।

कपाल फुल्नबाट जोगाउछ
आलुको बोक्राले कपाल फुल्नबाट जोगाउने विभिन्न अध्ययन र परीक्षणले देखाएका छन् । कपाललाई कालो बनाउनका लागि आलुको बोक्रा प्रयोग हुन्छ ।
उसिनेको आलुको बोक्रालाई पुनः पाँच मिनेट उमालेर त्यसको रसले नुहाउने बेलामा कपालमा लगाउँद कपाल फुल्नबाट रोक्छ ।

छाला चम्किलो बनाउँछ
आलुको वोक्राले अनुहारको छालालाई पनि चम्किलो बनाउँछ । काँचो आलुको बोक्रा ताछेर त्यसको रस अनुहारमा दल्ने र आधा घन्टापछि चिसो पानीले अनुहार सफा गर्दा अनुहारमा छुट्टै चमक आउँछ । लगातार दुई साता यही प्रक्रिया दोहोर्याउँदा अनुहारमा भएका दाग हराउँछ ।

पोषण तत्वको स्रोत
आलुको वोक्रामा पोटास, आईरन र भिटामिन बी ३ जस्ता महत्वपूर्ण तत्व पाईन्छ । आलुमा पाईने पोटासले मेटाबोलिजमलाई सशक्त बनाउँछ । त्यस्तै आईरनले शरिरमा राता रक्त कोष उत्पादन गर्न पनि सहयोग गर्छ ।

फाईबरयुक्त
आलुको वोक्रामा प्रशस्त फाईबर हुन्छ । फाईबरले तौल घटाउन सहयोग गर्छ । बोक्रासहितको आलु खाँदा कोलेस्ट्रोल घटाउँछ । तर मधुमेह र मुटुरोगका बिरामीले भने चिकित्सक वा डाइटिशिएनको सुझाव बिना आलु सेवन नगर्नुहोला । स्वास्थ्यका दृष्टिले आलु अति उपयोगी हुन्छ । आलु खाइरहे रक्तवाहिनीहरू धेरै उमेर सम्म लचिलो बनिरहन्छन् । स्पेनका अनुसन्धानकर्ताहरूको अनुसार, आलु खाने व्यक्तिहरू रोगव्याधिसँग भिड्ने सामथ्र्य बढ्छ ।

आलुलाई अनाजमा पुरक आहाराको स्थान प्राप्त छ । आलु जुन किसिमको भए पनि त्यसलाई शीतल, मलरोधक, मधुर, गरिष्ठ, मलमूत्र उत्पन्न गराउने, रुक्ष र रक्तपित्त हटाउने मानिन्छ ।

आलु कफ र वायु गर्ने, बलप्रद्, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धक समेत छ । अति परिश्रमका कारण निर्बल भएका रक्तपित्तले पीडित, अधिक मद्यपान गर्ने, तीव्र जठराग्नि भएकाहरूको लागि आलु अत्यन्त पोषक हुन्छ । आलुमा १.६ प्रतिशत प्रोटिन, २२.९ प्रतिशत कार्बोहाइड्रेट, ७४.७ प्रतिशत पानी, ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । प्रति सय ग्राम आलुमा भिटामिन ए ४० आईयू र फलाम ०.७ मिलिग्राम पाइन्छ ।

वैज्ञानिकहरूका अनुसार, आलुको बोक्रा ताछ्दा केही पोषक तत्वसमेत वाहिरिन्छ । आलुलाई उमाले पछि बाँकी रहेको पानीमा पनि भिटामिन हुने भएकोले त्यसलाई फयाँक्नुको सट्टा साग–तरकारी वा दालमा मिसाएर खानुपर्छ । आलुको नियमित प्रयोगले रोग प्रतिरोधक शक्तिमा वृद्घि हुन्छ । स्तनपान गराउने आमाले आलु खाइरहे दूधको मात्रा बढ्दै जान्छ ।

आलुको बोक्रालाई यति गरे असाध्यै फाइदा गर्छ स्वास्थ्यमा
आलुमा हाम्रो स्वास्थ्यको लागि आवश्यक धेरै पौष्टिक तत्वहरू हुन्छन् । हालै गरिएको एक अध्ययन अनुसार, आलुमा केहीयस्ता भिटामीन पाइन्छ, जुन शरीरको सम्पूर्ण विकासमा अत्यावश्यक हुन्छ । भिटामीन बी, भिटामिन सी, क्याल्सियम, जिंक, फस्फोरस र म्याग्नेसियम लगायत तत्व आलुमा भरपुर पाइन्छ ।
कार्बोहाईड्रेटको सबैभन्दा उत्तम स्रोतको रुपमा आलुलाई लिइन्छ । आलुमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाईन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो ।
तर,आलुमा कार्बोहाइड्रेट मात्रै पाइदैन यसमा मानव शरीरका लागि आवश्यक अन्य तत्वहरू पनि प्रशस्त पाइन्छ । धेरै मानिसमा आलु खाए मोटाइन्छ भन्ने एक प्रकारको भ्रम छ । वास्तविकता भने अलि फरक छ । आलुमात्रै होइन जुनसुकै कुरा पनि धेरै खाए स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
आलु बहूउपयोगि कन्दमूल मानिन्छ। तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ। आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन। यसमा

विलक्षण औषधिय गुणसमेत छ ।
समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु । अफ्रिकादेखि एसिया अनि युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन ।
आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन्। त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८०मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ ।
युरोपको जर्मनी, अष्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी इतिहासमा पाइन्छ । तर हिन्दूको प्राचीन ग्रन्थ वेदमा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ ।

आलु जति लाभदायक छ त्यति नै यसको बोक्रा पनि हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि फाइदाजनक मानिन्छ
तरकारी र अचारमा अत्याधिक प्रयोग हुने आलुलाई उसिनेर वा पोलेर खान सकिन्छ । मकै, चामल र गहुँ पछि आलु विश्वमै सबैभन्दा बढी खाईने परिकार हो । चप, पकौडा, समोसादेखि अन्य खाजाका परिकारमा पनि आलुको प्रयोग हुन्छ । तर आलुको जति महत्व छ, त्यसको बोक्रालाई महत्व दिएको पाइदैन । त्यसैले हामी आलुको बोक्रा फालेर परिकार बनाउने गछौं ।

आलुका थुप्रै औषधीय प्रयोग समेत छन् यस मध्ये केहि थप जानकारीहरु
> आयुर्वेदिक प्रयोगहरूका अनुसार आखाको तल भएको कालो घेरा हटाउन आलुलाई पिँधेर आँखाको चारैतिर लगाउनुपर्छ ।
> आलुमा पाइने पोटेसियम साल्टले अम्लपित्त रोक्न काम गर्छ । यसले अम्लियतालाई रोक्छ ।
> मृगौलाको पत्थरी हुँदा आलुको सेवन गर्नाले थुप्रै लाभ पाइन्छ । पत्थरीका रोगीको लागि आलु सेवन लाभकारी मानिन्छ ।
> कतिपय समय चोटका कारण रगत जमी नीलो हुने गरेको छ । यस्तोमा काँचो आलु पिँधेर लगाउनाले फाइदा पुग्छ ।
> चर्को घाम वा लूले डढेको छालामा काँचो आलुको रस लगाउनाले छालामा निखार आउँछ । कालोपोतो, चाउरी आदिमा आलुको रस लगाउँदा फाइदा पुग्छ ।

नोटः माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र–पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

तपाईलाई यो सामाग्राी कस्तो लाग्यो तल प्रतिक्रिया व्यक्त गरिदिनु होला र सेयर गरेर अरुलाई पनि जानकारी गराउन सहयोग गरिदिनु होला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर