Aamsanchar

अल्जाईमर एक प्रकारको डिमेन्सिया हो

Author Image
सोमवार, असोज ५, २०७७

एउटा अनौठौ रोगका बारेमा आज चर्चा गर्न चाह्यौं आज विश्व अल्जाईमर दिवसको प्रसंगमा । अल्जाईमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यबहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवातकालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रुपमा अल्जाईमरका लक्षणहरु देखिन्छन अनि पछि गएर अल्जाईमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निमत्याउँदछ ।

यसका कारक तत्वहरुमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरुमा हाइपरटेन्सन, टाउकोमा गहिरो चोटहरु र डिप्रेशनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरीक व्यायामको कमी जस्ता कारणहरुले पनि अल्जाईमरको जोखिम बढाँउदछ ।

एकफेर अल्जाईमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रुपमा दीर्घकालिन फर्काई असम्भव प्राय हुन्छ, अल्जाईमर रोग बिरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाईमरबाट हामी जोगिन सक्छौं । बुढेसकालमा मात्र अल्जाईमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौं भनें त्यो पूर्णतः सत्य नहुन सक्दछ ।
सन् २०२० को यस दिवसको नारा भनें लेट्स टक अबाउट डिमेन्सीया अर्थात डिमेन्सीयाका बारेमा कुरा गरौं भन्ने रहेको छ ।

फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरु हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउँन सक्दछ । सन् २०१५ को अध्यन अनुसार विश्वभरि करिब ३ करोड अल्जाईमरका रोगीहरु रहेका छन्, अहिले यसको संख्या झन बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने अाइसकेको छैन । विश्व अल्जाईमर दिवस यस्तै कुराहरुमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाईमर बिरुद्धको महिनाका रुपमा मनाउने चलन पनि छ । यस रोग प्रति सबैजना सचेत रहौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 450

प्रतिक्रिया (०)