Aamsanchar

झापामा कोरोनाबाट एक जेष्ठनागरिकको मृत्यु, वडा सिल

Author Image
शुक्रवार, असोज ९, २०७७

झापा । झापा गाउँपालिका–६ स्थित सानो चप्रमारीका ७८ वर्षीया जेष्ठनागरिकको कोरोनासङ्क्रमणका कारण मृत्यु भएको छ । यो सँगै झापा जिल्लामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

दम तथा अन्य दीर्घ रोगबाट ग्रसित ती जेष्ठनागरिकलाई ज्वरो आएपछि असोज ६ गते पीसीआर जाँचका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा रिपोर्ट पोजेटिभ आएको जिल्लाका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएको छन् ।

उनी होम आइसोलेसनमा बसेको र उनको बुधबार राती घरमै मृत्यु भएको जनाइएको छ । उनको शवलाई नेपाली सेनाले दाहसंस्कारका लागि लगिसकेको जनाइएको छ ।

मृत्यु भएसँगै गाउँपालिकाको ६ नम्बर वडा शील गरिएको छ । वडा कार्यालयले बिहीबार सर्वपक्षीय भेला गरी साँझ ५ बजे देखि असोज ११ गते मध्य रातसम्म वडा शील गर्ने निर्णय गरेको हो ।

वडाका वडा अध्यक्ष हरिबहादुर बानियाँको अध्यक्षतामा बसेको भेलाले पश्चिममा सानो माई वारी, पूर्वमा बिरिङ खोला वारी, उत्तरमा कनकाई नगरपालिकाको सिमाना र दक्षिणमा फूलगाछी सम्मको क्षेत्र शील गरिएको स्थानिय रुद्र बजगाईँले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 386

प्रतिक्रिया (०)