Aamsanchar

‘कालोबजारी रोक्ने र चाडपर्व लक्षित सुरक्षा योजना ल्याउने’

Author Image
मङ्गलवार, असोज १३, २०७७

बिर्तामोड।  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले चाडपर्व सँगै बजारमा हुने मूल्य वृद्धि, कृतिम अभाव लगायतका कालोबजारी नियन्त्रण गर्न स्थानीय सरकार र सबै सरोकारवालासँग समन्वय गरेर तत्काल काम थाल्ने बताएका छन् ।

मंगलबार बिर्तामोडमा आयोजित समसामयिक विषयको छलफल कार्यक्रममा बोल्दै उनले उपभोक्ता अधिकार रक्षाका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारसहितका निकायसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा लगायतले उपभोक्ता अधिकारका विषयमा प्रजिअ तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए ।

प्रजिअ तिमिल्सिनाले प्राप्त सुझावलाई ध्यानमा राख्दै कोरोना संक्रमणको जोखिम कम गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था मिलाउन चाडपर्व लक्षित विशेष योजना ल्याउने समेत बताएका छन् । चाडपर्वकै बेला जनजीवनलाई सहज बनाउन उनले सबै क्षेत्रको सहयोगको आवश्यकता औल्याएका छन् । छलफलमा उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिले प्रजिअ तिमिल्सिना तथा प्रहरी प्रमुखहरुलाई सुझाव दिएका थिए । त्यसक्रममा पेट्रोलियमको सहज उपलब्धता, लागूऔषध नियन्त्रण, महिला लथा बालबालिका हिंसा नियन्त्रण, विद्युतको अनियमित सेवा,चोरी तस्करी नियन्त्रण, स्थानीय सरकारका कर, मलको व्यवस्थापन, यातायातमा हुने भीडभाड लगायतका समस्या समाधानमा प्रजिअको ध्यानाकर्षण गराइएको थियो ।

संवाद समूहको संयोजनमा भएको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)