Aamsanchar

‘परिवर्तनका बाधक तत्वहरुले हिंसा छेडिरहेका हुन्छन्’

Author Image
शुक्रवार, असोज १६, २०७७

अहिले विश्वलाई सबैभन्दा धेरै खाँचो यदि केहि कुराको छ भनें, त्यो हो सद्भाव र अहिंसा ।

आज अक्टोबर महिनाको २ तारिख, आज विश्वभर अहिंसा दिवस मनाइने दिन हो । विश्व अनि मानव इतिहास हिंसा र द्वन्दको कैयन घटनाक्रमहरूको सामना गर्दै आएको छ । हरेक कुरामा जीत मानवको प्रथम प्राकृतिक चाहना हो अनि कतिपय जीतका चाहनाले युद्धको अवस्था उत्पन्न गराउँदछ । व्यक्तिगत, सामूदायीक, राष्ट्रिय, अन्तराष्ट्रिय धेरै प्रकारका युद्ध अनि हिंसाहरुबिच विश्वले शान्ति अनि अहिंसाको दिवास्वप्न देखिरहेको छ ।

आज विश्वले मनाउने अहिंसा दिवस विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणकालागि हिंसाको मार्ग अवलम्बन नगर्नेु भन्ने सिद्धान्तमा आधारित छ ।

नेपालमा पनि आजसम्म बिभिन्न कालखण्डमा आन्दोलन र जनचाँसोका कुरामा धेरै जना शहिद भएका र हिंसा भएको उदाहरण र प्रमाणहरु छन् । राणा विरोधी आन्दोलन होस् या राजसंस्था हटाउने क्रान्ति, पेट्रोलको मूल्यवृद्धिको आन्दोलन होस् या आमरण अनसनका श्रृंखलाहरु कुनै न कुनै रुपमा परिवर्तनका बाधक तत्वहरु र यथास्थितीवादी सोंचले परिवर्तनको बिरोधमा हिंसा छेडिरहेका हुन्छन् ।

अक्टोबर २ अर्थात विश्व अहिंसा दिवस, विश्वमै अहिंसाकालागि विश्वसमाजले मानेका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । उनका ुनुन आन्दोलनु अनि ुचर्खा आन्दोलनुहरु परिवर्तनमा प्रभावकारी अहिंसात्मक आन्दोलनका बलिया उदाहरणहरु हुन् । सामाजिक न्यायमा अहिंसाको भूमिका अतूलनिय हुन्छ, हिंसा विरुद्ध आज विश्व समूदाय एउटै थलोमा एउटै आवाज बनेर उभिन्छन् ।
संयुक्त राष्ट्रसंघको हेडक्वाटर अमेरिकाको न्यूयोर्क अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृती जस्मा बन्दुकको नाललाई बङ्ग्याएर बेरिएको देखिन्छ अनि गोलीचाँही बन्दुक मुनी कसैले छाँद हालेर समातेको र रोकेको जस्तो देखिन्छ, विश्वप्रसिद्ध अहिंसाको घोतक कलाको रुपमा यो प्रतिमूर्ति प्रसिद्ध छ ।

एउटी आमाले छोराछोरी राती नसुत्दा भूत आएर तँलाई खान्छ तसर्थ छिट्टै सुत भनेर सुताउँदछिन र बालक सुत्दछ तर आमाले भनेकी उक्त तथाकथित भूत अनि त्यस्ले आफूमाथी गर्नसक्ने हिंसाको भयलाई परिकल्पना गर्दै केट्केटी सुत्दछन् । एकदिन आफु ठूलो भएर उक्त भूतलाई ठिक पारिदिने महत्वाकांक्षाकासाथ निदाएको उस्को मानसपटलमा हिंसाको पहिलो पाठ शायद त्यसै समयदेखि नै नकारात्मक रुपमा बस्न जान्छ । को खाई को खाई गराएर खुवाउँदा, उ त्यो फलानालाई हैन म त मेरै बावुलाई या नानीलाई खुवाउँछु भन्दा बाल मानसपटलमा आफूकेन्द्रित र अरु विरोधी भावनाहरु वृद्धी हुन्छ, हिंसाको जड यही छ, हाम्रो पालनपोषण भित्रै छ ।

सङ्गै बाँडेर खानसक्ने अनि भयहीन र निडर पुस्ताले मात्र अहिंसाको वकालत गर्न सक्दछन । एउटा हिंसारहित समाजको परिकल्पना त्यतिबेलामात्र सम्भव छ जतिबेला हामीले हाम्रो बालबच्चाहरुलाई अहिंसाको महत्व बुझाउन सक्छौं । महात्मा गान्धीलेनै यसो भनेका छन्, ‘युवा पुस्तालाई पनि अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्न जरुरी छ ।’ आउनुहोस् तपार्इ(हामी चाहे विकसित देशमा छौं या अविकसित ठाउँमा छौ, मकै भटमास चपाइरहेका छौं या महङ्गो रेष्टुरेन्टमा बसेर भोजन गर्दैछौं ? परिकल्पना गरौं न यदि हाम्रो वरिपरि हिंसाजनक कार्य र भावना नभइदिने हो भने हाम्रो समाज कस्तो हुन्थ्योहोला ?

कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरुमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्तिघोतक विगूल शुरुवात हुने हो भने रु संसारवाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरुका आधारमा गरिने हिंसा नभइदिने हो भने रु अमेरेकी स्वतन्त्रता सङ्ग्रामका महासेनानी मार्टिन लुथर किङ जुनियरले पनि परिकल्पना गर्दै काला, गोरा, खैरा सबैजना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिनको ब्याख्या गरेका छन् ।

नेपालले आजको दिनबाट सिक्न पर्ने कुरा हरु धेरै छ । बिरोध जनाउन र सम्बन्धित निकायमा साँच्चै दबाब दिन नेपाल बन्द गर्ने अनि तोडफोड गर्नु पनि सामाजिक न्याय र परिवर्तनकालागि हिंसाको बाटोको प्रयोग नै गरीएको हो । आजको दिनले आफ्ना आवाज र मुद्दाहरुलाई अनुहार दिनका लागि अहिंसात्मक बाटो रोज्न आव्हान गर्दछ ।

केही वर्षयता नेपालमा बिशेषतः काठमाडौमा माईतीघर मण्डलाले अहिंसात्मक आन्दोलन र आवाजहरु देखाउन प्रदर्शन र प्लेकार्डहरु देखाउने आधार पाएको छ । अहिंसात्मक आन्दोलन र अभियानहरु सुन्ने निकायले पनि संशेदनशीलता सहित सुनिदिन र सम्बोधन गरिदिन जरुरी छ, हिंसा कहिले पनि अन्तिम विकल्प हुनुहुँदैन्, हिंसा रोक्दै अहिंसा नै निर्विकल्प तथ्य हो ।

संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभिरखेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहरनियासम्म, मेचीदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरुको विजारोपण गर्न जरुरी छ र यहि शान्तिको अंकुरणलाई विश्वसामु पुर्याउन पनि जरुरी छ । चाहे गीता होस् या कुरान, चाहे वाइवल होस या त्रिपिटक या अन्य कुनैपनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्देन भनेर उल्लेख गरीएको छ । अब बेला भएको छ मुस्कानको बाटो हिंड्ने, अहिंसा परमो धरमु अर्थात हिंसा नगर्नुनै सबैभन्दा ठूलो धर्म हो, मुस्कुराउन नछोडनुहोला, हिंसात्मक भावहरुलाई मनबाट हटाउनुहोला । निडर भएर हिंसाका विरुद्ध बोल्न पनि नडराउनुहोला है ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१
हाँस्न भुल्दै गएको पुस्ता
बिहिवार, असोज २४, २०८१