Aamsanchar

झापामा एकै परिवारका १३ जना सहित थप २३ जनामा कोरोना पुष्टि

Author Image
शुक्रवार, असोज १६, २०७७

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार प्राप्त जानकारी अनुसार झापाको एक स्थानियतहको एउटै वडाका १३ जना, ३ जना भारतबाट आएका र बाँकी ७ जना स्थानीयलाई एकैदिन कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताएका छन् ।

चौलागाईका अनुसार ९ जना महिला छन् । भद्रपुर नगरपालिका–१०, २ र ७ नम्बर वडाका ४५, ४७, १९ र ३० वर्षका २ महिला र २ जना पुरुष, मेचीनगर नगरपालिका–८ का ३४, ८, ३६, ४७, ३६, १९, २९, ३९, ४५, ३८, ४३, ४१, ३१ वर्षका १३ जना तथा ३६, ४५ र ३६ वर्षका ३ जना पुरुष रहेको बताए ।

मेचीनगर–८ का संक्रमित १३ जना एउटै परिवारको रहेको पुष्टि भएको छ ।

त्यस्तै कनकाई नगरपालिका ३ र ९ नम्बर वडाका ३९ र ९० वर्षका २ जना महिला र बिर्तामोड नगरपालिका–१ का ३३ वर्षीय १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

उनीहरु मध्ये मेचीनगरका ३ जना काँकरभिट्टाको होटल क्वारेन्टिनमा बसेका हुन् । भारतबाट आएका उनीहरुमध्ये २ जना काठमाडौँ र १ जना सिन्धुपाञ्चोक जिल्लाका रहेको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ९०३ पुगेको छ । निको हुनेको संख्या ८०२ छ । सकृय संक्रमित ९३ जना छन् भने हालसम्म ८ जनाको मृत्यु भईसकेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर