Aamsanchar

कोरोनाको कारण दशैंको बेला ललितपुरमा हुने जात्रा र नाचलाई पूजामा मात्र सीमित गरिने

Author Image
बिहिवार, असोज २२, २०७७


ललितपुर : दशैंमा पाटन दरबार क्षेत्र केन्द्रीत भएर गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजाविधिमा मात्र सीमित गरिने भएको छ । कोरोनाको कारण दरबार क्षेत्र केन्द्रीत भएर गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजामा मात्र सीमित गरिने निर्णय भएको महा-नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनु भयो।

दशैंका बेला मनाइने श्री मानमानेश्वरी भगवतीको खड्ग जात्रा (पायाः), अष्टमातृका नाच (गं प्याखं), ठेचोको नवदुर्गा नाच (गथु प्याखं) लगायतका नाच तथा जात्रा परम्परादेखि संचालन भइरहेका पूजाविधिमा मात्र सीमित गरिने निर्णय भएको उहाँले बताउनु भयो।

ललितपुर महानगरपालिकाको संयोजकत्वमा गुथि संस्थान कार्यालय ललितपुर, जात्रा पर्वसँग सम्बन्धित सरोकारवाला संस्था र स्थानीय गुठियारसमेत सहभागी बैठकले यस्तो निर्णय गरेको उहाँले बताउनु भयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 405

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१