Aamsanchar

सबा दुई सयवर्ष अगाडी शुरु गरिएको थियो हुलाक सेवा

Author Image
शुक्रवार, असोज २३, २०७७

यस विश्वमा केहि कुराहरु अत्यन्त क्लासीक अर्थात परम्परागत छन् र ती परम्पराअनुरुप त्यस्ता कुराहरुको महत्व सदासर्वदा अटल रहन्छन् । हुलाक पनि त्यस्तै एक कुरा हो, पत्र पठाउने, भावना अनि समाचार साटासाट गर्ने, पत्र मञ्जुषाको रौनक, पत्रमित्रताको चासो, फोटो अनि स्टीकर र पोष्कार्डहरु आज पनि उतिकै प्यारा छन् जति शताव्दीयौं अघि थिए ।

पोष्ट कोभिड विश्वको प्रथम हुलाक दिवसमा स्वागत छ, सन् २०२० को अक्टोबर ९, हुलाकको शुरुवाती दिनहरु भन्दा धेरै पृथक र अनौठो छ । आउनुहोस् आज हुलाकको पृष्ठभूमीमा कुरा गरौं ।

हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाक वाट शुरुभएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरागर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो ।

धेरैपरसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरुले आफ्नो जिवनकालनै विताएका छन्, आज उनिहरुको संझना गर्ने दिन पनि हो । गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटल हरु नभएके त्यतीबेलाको नेपालमा हलकारा अर्थात हुलाकीहरु लाई प्रथम ग्राहयता सहीत बसाइन्थ्यो । मान्छेहरुले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र प्रसा हरहिसाब गर्दा गर्दथे, सुस्तरि समाजको अवयवहरु परिवर्तन त भएको हो तर संरचना बिल्कुलै उस्तै छ ।

“ए हुलाकी दाई मेरो पत्र आएको छ” भनेंर सोध्न नपर्ला तर बिहान उठेर इन्टरनेटमा इमेल र मेसेन्जरहरु हेर्ने हामी बसैले गर्दछौं । पत्र र सन्देश उही हो केवल संवाहक र गतीशीलतामा परिवर्तन भएको त हो । हामी मध्य धेरैले भाषागत बिषयहरुमा पत्र लेख्ने अभ्यास र परीक्षामा पनि प्रश्नले मागे अनुसार बिभिन्न बिषयमा पत्र लेखेका छौं नि, हैन र ?

अझै पनि कतिपय शहर अनि ठाँउहरुमा पत्रमञ्जुसा लेखिएको पत्र हाल्ने रातो चुच्चोआकारको भाँडोहरु छन जहाँ नियमितरुपमा एकसमयमा हुलाकीहरु आएर पत्र लिएर जानेगर्दछन । विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातको मोवाइलले यो यूगको सञ्चारलाई नयाँ परिभाषा दिएको छ । तर हुलाकको तस्वीर अनि मोह यो पुस्ताले कहिल्यै विर्सने छैन, स्कूले केटाकेटीहरुपनि स्कूलमा लेखन अभ्यासको क्रममा वूवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् र यसरी चिठीलेख्दा प्रापक र प्रेषक भनेँर हुलाककै सञ्चारआधारमा अभ्यास गराइन्छ ।

विश्व हुलाक दिवसको सबैलाई शुभकामना, ईतिहास वोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदोपुस्ताहरुलाई वताउन जरुरी छ , कि कसो ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
बुधवार, वैशाख ५, २०८१