Aamsanchar

अस्थायी युद्धविराम गर्ने अर्मेनीया र अजरबैजानबीच सहमति

Author Image
शनिवार, असोज २४, २०७७

काठमाण्डौ –अर्मेनीया र अजरबैजानबीच अस्थायी युद्धविराम गर्ने सहमति भएको छ। रुसको मध्यस्थतामा मस्कोमा १० घण्टासम्म चलेको वार्तामा दुवै देश युद्धविराम गर्न सहमत भएका रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले बताउनुभएको हो ।

उहाँका अनुसार अब दुवै देशले ठोस छलफल गर्ने छन् । दुई हप्तादेखि चलिरहेको युद्धका कारण ३ सय जनाभन्दा धेरैको ज्यान गएको र हजारौँ मानिस विस्थापित भएका छन् । विवादित नागोर्नो कारावाख क्षेत्रको नियन्त्रणलाई लिएर आर्मेनिया र अजरबैजानबीच लडाइँ भइरहेको हो ।

Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर