Aamsanchar

कृषिलाई आफ्नो परम्परा र मूल्य मान्यता आधारमा अगाडि बढाउनुपर्छ : मन्त्री भुसाल

Author Image
आइतवार, असोज २५, २०७७

कृषि तथा पशुपक्षि विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा ६० वर्षदेखि समस्या थुप्रेको बताएका छन् ।  देशको कृषि आफ्नो सँस्कृति र परम्परा अनुसार नरहेको बताउँदै उनले ६० वर्षको अवधिमा ३० वर्ष विदेशी सहयोगमा निर्भर रहेको बताए । विदेशीले दिएको सयोग र दानबाट कृषि सञ्चालन भएको भन्दै उनले जसले गर्दा कृषि क्षेत्र बिग्रिएके उनले बताए । नेपालको कृषि दाताबाट निकृष्ट रहेको र त्यसले गर्दा आफ्नो इतिहास, परम्परामा आधारित कृषि बनाउन नसकिएको उनको भनाइ छ ।

कृषिलाई पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अबको कृषिलाई आफ्नो परम्परा र मूल्य मान्यता आधारमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिए । कृषि विभाग र खाद्यका लागि कृषि अभियानले ४० औं विश्व खाद्य दिवस २०२० को अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले किसान किन उचित मूल्य पाउँदैन, कृषिमा आफूलाई किन सुरक्षित ठान्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

किसानको बच्चाले पनि राम्रो शिक्षा पाउनुपर्छ, किसानको छोरा छोरी तथा परिवारले राम्रो स्वस्थ्य पाउनुपर्छ भन्ने सोचका साथ अगाडि बढ्नुपर्ने बताउँदै उनले किसानका लागि सुनिश्चित बचत गर्नुपर्ने धारणा राखे । किसानले पनि आफ्नो जीवन बाँच्न पाउनुपर्ने गरि नीति र ऐन कानुन बनाउनुपर्ने कुरामा जोड दिँदै मन्त्री भुसालले त्यसका लागि कृषि मन्त्रालयले कृषि ऐन तथा विभिन्न नीतिका साथै योजनाहरु बनाइरहेको जानकारी गराए । उनले कृषिलाई ६० वर्षसम्म निकै मेहनतका साथ विगारेको बताउँदै त्यसलाई सुधार गर्नका लागि सोही अनुसारको मेहनत भइरहेको बताए ।सोही कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर केसी दिगो कृषि प्रणाली नै खाद्य सुरक्षाको एकमात्र विकल्प रहेको बताए ।

संविधानको धारा ३६ अनुसार सबैका लागि खाद्यमा पहुँच हुने जुन सुनिश्चित गरेको छ त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताउँदै उनले यसमा सबै एकठाउँमा उभिएर प्रण गर्नुपर्ने सुझाव दिए ।
उत्पादन र उपादकत्वलाई वृद्धि गर्न सकियो भने कृषिमा चाँडै नै आत्मनिर्भर हुने बताउँदै उनले कोरोना महामारीलाई कृषिमा अवसरको रुपमा लिनुपर्ने धारणा राखे । कृषि विभागका महानिर्देशक डा।गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोडदिनुपर्ने बताए । अब खाद्यान्न उत्पादनमा मात्र जोड नदिएर पोसिलो खाद्यान्नको उत्पादन कसरी हुन्छ त्यस कुरामा पनि ध्यान दिनुपर्ने कुरा उनले जोड दिए । खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताए । कोरोनाका कारण कृषि उत्पादनमा कमी आउने बताउँदै उनले यसलाई अवसरको रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा कृषि अभियन्ता सोनाम साथी, राष्ट्रिय भुमी अधिकार मञ्चका सरस्वती सुव्वा लगायतले आआफ्नो धारणा राखेका थिए । यो दिवस विभिन्न कार्यक्रम गरी ३० गतेसम्म मनाइने छ ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर